२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उदयपुरको बिद्यालयलाई मलेशियाबाट २ लाख सहयोग प्रदान

३० चैत्र २०७३, बुधबार ०१:५३

हेम चन्द्र राई | युएई । वैदेशिक रोजगारीको क्रममा मलेशिया कार्यरत नेपालीहरुले कटारी नगरपालिका १४ नम्बर वडामा अवस्थित श्री चन्द्रावति उच्च माध्यमिक बिद्यालय लेखानीलाई २ लाख ३ हजार ८ सय एकानब्बे रुपैयाँ सहयोग गरेका छन । 

गत २६ डिसेम्बरमा १९ सदस्यीय सामाजिक संजालबाट गठित साझा समाज लेखानी ( shared society lekhani ) समितिले आफ्नो गाउँ आफैं बनाउ , चउमावीमा आधुनिक पुस्तकालय निर्माण गरौं अभियान सुरु गरेका थिए । यश अभियानको क्रममा उदयपुर जिल्ला कटारी नगरपालिका १४ नम्बर वडा गैरीका बाबुराम थापा ५०६७, किन्दुका दल बहादुर थापा मगर ५२२९, ढक बहादुर थापा मगर ५०५०, पात्लेका दिनेश सुनुवार ५७२५, बासबारीका राम कुमार मगर ५६३३,  माझखानीका फर्श भुजेल ५२६२, चन्द्र बहादुर भुजेल ५०००, नर बहादुर खत्री ५०००, चुवाबोटका पुर्ण बहादुर राई ५१०४ , लाल बहादुर राई ६३६१, कुसुमटारका शम्भु राई ४०००, बल्ला राई ४८७४ रुपैयाँ सहयोग गरेकाछन । यसैगरी भदौरेका मोहन ढुंगाना १०२३२, पेशल खप्तरी मगर ११२२२, छिपिटोलका जय बहादुर भुजेल ८०२६, चनौटेका तेन्जी आले मगर ५५६९, भोक्टेनीका यम्बर बहादुर जोशी ५०६०, पदम बहादुर जोशी ३३३६, पुर्ण बहादुर जोशी ५०१२ , भञ्ज्याङ्का देव नारायण राजभण्डारी ५१२५, रुद्र राजभण्डारी २४०० रुपैयाँ सहयोग गरे । 

यसैगरी सहयोग गर्नेमा बाहुनटारका मीन बहादुर दर्जी ५०१२, डाडागाउका प्रेम बहादुर लामिछाने मगर ५०००, रातमाटेका शम्भु कुमार राई ५१४५, कुल बहादुर दर्जी २०००, ओडारेका गोपाल खप्तरी मगर ५२१३, भैर बहादुर खप्तरी मगर ५२१३, कर्ण बहादुर खुलाल मगर ५०५२, दासिटारका कृष्ण बहादुर मगर ७०२९, सल्लेनी निवासी कल्पना राई ५००० , कामिबारिका भेष बहादुर थापा ९७१२, वडा नम्बर ५ का श्यामलाल गिरि २४९० , वडा नम्बर २ बेलसोतका मनिष आले मगरले ६६८२ आर्थिक सहयोग बिधालयका लागि सहयोग गरेका छन । सहयोगको क्रममा स्थानिय निवासी बाहेक पाचथरका बिपिन आले मगर ४०००, ओखलढुंगाका भक्त बहादुर राई ५२५३, सिन्धुपाल्चोकका रामकृष्ण तिमल्सिना ३०१२, रोल्पाका ओम प्रकाश घर्ती मगर ४९८० , दाङका वर बहादुर बुढा मगर ३७३५, भोजपुरका करन राई २५१४, सुनसरी निवासी शान्ति तिलुङ राईले ५५०० रुपैयाँ सहयोग गरेका छन । भौगोलिक, आर्थिक विकटताको कारण आजसम्म बन्चित विद्यार्थी भाईबहिनीहरुमा आधुनिक पुस्तकालय हस्तान्तरण गर्ने उद्देश्यले चालिएको अभियानमा मलेशियामा रहनुभएको लेखानीवासी तथा सामाजिक भावनाले ओतप्रोत महानुभावको सहयोग उल्लेख्य रहेको समितिको अध्यक्ष पेसल खप्तरी मगरले जानकारी दिए । 

अब गरीबी , दलित , जनजाती हुँदैमा पुस्तकालयको अध्यनबाट बन्चित हुनुपर्ने दिन हट्ने तथा भाइ बहिनी, छोराछोरी बिधालयमा अध्यन गर्ने बिद्यार्थीहरु ज्ञान हासिल हुने आशा मलेसियामा रहेका सचीव शम्भु कुमार राईको कथन छ । आफ्नै पहलमा गाउँमा पुस्तकालय निर्माण हुने पक्का भएको र आफुले अध्यनबाट बन्चित रहेर धेरै दु:ख पाएको अनुभुती सुनाउदै सहयोगी फर्स भुजेलले गाउँमा अब शिक्षाको ज्योति गाउँमा रहेको हरेक बिद्यार्थीहरुले पाउनेमा खुशी व्यक्त गरे । हालसम्म सबैभन्दा धेरै रकम मलेशियाबाट सहयोग भएको छ । अहिले ४३ जनाले आर्थिक सहयोग गरेको सचिव शम्भु कुमार राईले जानकारी गराए। अझैसम्म सहयोग सङ्ग्कलन जारी राखिएको जानकारी दिएकाछन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य