२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यस्तो छ नयाँ बर्ष २०७४ को लागि नेपाल टेलिकमको अफर

३० चैत्र २०७३, बुधबार ०७:११

चैत ३०, काठमाडौँ | नेपाल टेलिकमले नयाँ वर्ष २०७४ को अवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियत दरमा दिने योजना ल्याएको छ ।

कम्पनीले उक्त अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट प्याक अफर ल्याएको छ ।

टेलिकमले रिचार्ज अफरमा जिएसएम तथा सिडिइमए प्रिपेड सेवाका उपभोक्ताहरुले एमपोस तथा रिचार्ज कार्ड मार्फत १०० र २०० रुपैयाँको कार्डमा १० प्रतिशत एवं ५०० र १०० रुपैयाँको कार्डमा १५ प्रतिशत बोनस पाउनेछन् । जस्को भ्यालिडिटि तीन दिनको हुनेछ । उक्त रिर्चाज बोनस २०७३ चैत ३० देखि २०७४ बैशाख १३ गतेसम्म लागू हुनेछ ।

त्यस्तै डाटा अफर अन्तर्गत २०७३ चैत ३० गतेदेखि २०७४ बैशाख २८ गतेसम्म लागू हुने गरी अल टायम र नाइट टायम डाटा उपलब्ध हुने कम्पनिले जनाएको छ । अल टायम डाटा प्याकेज अन्तर्गत १००, २०० र ३०० रुपैयाँमा ३० दिनको भ्यालिडिटि सहित क्रमशः ४००, ८५० र १५०० एमबी डाटा उपलब्ध हुनेछ । नाइट डाटा प्याकेज अन्तर्गत २०० र ३०० रुपैयाँमा ३० दिनको भ्यालिडिटि सहित राती १० बजे देखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी क्रमशः २ जिबी र ६.५ जिबी डाटा उपलब्ध हुनेछ ।

त्यस्तै नाइट भ्वाइस प्याक अन्तर्गत जिएसएम सेवाका उपभोक्ताहरुलाई २०७३ चैत्र ३० देखि २०७४ बैशाख २८ गतेसम्म लागू हुने गरी २५ रुपैयाँमा सात दिनको भ्यालिडिटि सहित राति १० बजे देखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी २५० मिनेटको भ्वाइस प्याक उपलब्ध हुनेछ । नाइट भ्वाइस प्याक सेवा लिनको लागि NIGHIVOICE टाइप गरी 1415 मा म्यासेज पठाउनु पठाउनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ