चैत ३१, दाङ । दाङको तुलसीपुरमा सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ । 

तुलसीपुरमा रु १० करोड ५० लाखको लागतमा सो बसपार्क निर्माण हुन लागेको हो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ३१, दाङ । दाङको तुलसीपुरमा सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ । 

तुलसीपुरमा रु १० करोड ५० लाखको लागतमा सो बसपार्क निर्माण हुन लागेको हो"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तुलसीपुरमा सुविधासम्पन्न बसपार्क निर्माण हुने

२०७३, ३१ चैत्र बिहीबार ०९:४८

चैत ३१, दाङ । दाङको तुलसीपुरमा सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ । 

तुलसीपुरमा रु १० करोड ५० लाखको लागतमा सो बसपार्क निर्माण हुन लागेको हो । बसपार्क निर्माणका लागि शिवशक्ति कन्सट्रक्सन र उपमहानगरपालिकाबीच १५ महिनाभित्र काम सम्पन्न हुने गरी यही चैत २५ गते सम्झौता भएको उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीले जानकारी दिनुभयो । 

उपमहानगरपालिकाले पाँच वर्ष अगाडी बनाएको गुरुयोजनालाई तुलसीपुर उपमहानगरपालिकाको पहलमा नगर विकास कोषले २०७० साल असार ३० गते परियोजनाको विधिवत् रुपमा स्वीकृति दिएको थियो । विभिन्न कारणले उपमहानगरपालिकाले पहिलो चरणमा छनोट गरी पठाएको टेन्डर नगर विकास कोषले स्वीकृत नगर्दा निर्माण प्रक्रियामा ढिलाइ भएको हो । 

उपमहानगरपालिकाले सर्वदलीय सर्वपक्षीय भेला गरी बसपार्क निर्माण टेन्डर अर्को निर्माण कम्पनी शिवशक्ति कन्सट्रक्सनलाई दिने निर्णय गरी नगर विकास कोषमा पठाएको थियो । नगर विकास कोषले आयोजना स्वीकृत गरी निर्माण कार्य अगाडि बढाउन पत्र पठाएको उपमहानगरपालिकाले जनाएको छ । 

“बसपार्क निर्माणको कार्य अगाडि बढेको छ”, इन्जिनियर योगीले भन्नुभयो । गुरुयोजनका लागि पहिलो चरणमा नगर विकास कोषले रु १० करोड ५० हजार रकम लगानि गर्ने बताएको छ ।

नगरपालिकाले १० प्रतिशत साझेदारी गर्ने सर्त रहेको छ । करिब रु ३९ करोड लगानीमा तीन चरणमा काम हुने र दुई वर्षभित्र काम सम्पन्न हुनेगरी योजना लागू हुने सम्झौतामा उल्लेख छ । 

रु एक करोड आठ लाख ९६ हजार अनुदान र बाँकी रु आठ करोड ९० लाख ७४ हजार सरल ऋण उपमहानगरपालिकाले तिर्ने जनाएको छ । उपनगरपालिकाले २० वर्षभित्र ऋण तिरिसक्नुपर्ने इन्जिनियर योगी बताउनुहुन्छ । 

हाल पहिलोपटक रु १० करोड ५० लाखमा टिकट काउन्टर, व्यापार कक्षलगायत निर्माण गरिने छ । निर्माण भएपछि हाल बसपार्कमा देखिएको असुरक्षा, बर्सातमा हिलो तथा हिउँदमा धुलो उड्ने समस्याबाट मुक्ति पाउने यातायात व्यवसायी बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से