चैत ३१, दाङ । दाङको तुलसीपुरमा सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ । 

तुलसीपुरमा रु १० करोड ५० लाखको लागतमा सो बसपार्क निर्माण हुन लागेको हो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ३१, दाङ । दाङको तुलसीपुरमा सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ । 

तुलसीपुरमा रु १० करोड ५० लाखको लागतमा सो बसपार्क निर्माण हुन लागेको हो"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तुलसीपुरमा सुविधासम्पन्न बसपार्क निर्माण हुने

३१ चैत्र २०७३, बिहीबार ०९:४८

चैत ३१, दाङ । दाङको तुलसीपुरमा सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ । 

तुलसीपुरमा रु १० करोड ५० लाखको लागतमा सो बसपार्क निर्माण हुन लागेको हो । बसपार्क निर्माणका लागि शिवशक्ति कन्सट्रक्सन र उपमहानगरपालिकाबीच १५ महिनाभित्र काम सम्पन्न हुने गरी यही चैत २५ गते सम्झौता भएको उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीले जानकारी दिनुभयो । 

उपमहानगरपालिकाले पाँच वर्ष अगाडी बनाएको गुरुयोजनालाई तुलसीपुर उपमहानगरपालिकाको पहलमा नगर विकास कोषले २०७० साल असार ३० गते परियोजनाको विधिवत् रुपमा स्वीकृति दिएको थियो । विभिन्न कारणले उपमहानगरपालिकाले पहिलो चरणमा छनोट गरी पठाएको टेन्डर नगर विकास कोषले स्वीकृत नगर्दा निर्माण प्रक्रियामा ढिलाइ भएको हो । 

उपमहानगरपालिकाले सर्वदलीय सर्वपक्षीय भेला गरी बसपार्क निर्माण टेन्डर अर्को निर्माण कम्पनी शिवशक्ति कन्सट्रक्सनलाई दिने निर्णय गरी नगर विकास कोषमा पठाएको थियो । नगर विकास कोषले आयोजना स्वीकृत गरी निर्माण कार्य अगाडि बढाउन पत्र पठाएको उपमहानगरपालिकाले जनाएको छ । 

“बसपार्क निर्माणको कार्य अगाडि बढेको छ”, इन्जिनियर योगीले भन्नुभयो । गुरुयोजनका लागि पहिलो चरणमा नगर विकास कोषले रु १० करोड ५० हजार रकम लगानि गर्ने बताएको छ ।

नगरपालिकाले १० प्रतिशत साझेदारी गर्ने सर्त रहेको छ । करिब रु ३९ करोड लगानीमा तीन चरणमा काम हुने र दुई वर्षभित्र काम सम्पन्न हुनेगरी योजना लागू हुने सम्झौतामा उल्लेख छ । 

रु एक करोड आठ लाख ९६ हजार अनुदान र बाँकी रु आठ करोड ९० लाख ७४ हजार सरल ऋण उपमहानगरपालिकाले तिर्ने जनाएको छ । उपनगरपालिकाले २० वर्षभित्र ऋण तिरिसक्नुपर्ने इन्जिनियर योगी बताउनुहुन्छ । 

हाल पहिलोपटक रु १० करोड ५० लाखमा टिकट काउन्टर, व्यापार कक्षलगायत निर्माण गरिने छ । निर्माण भएपछि हाल बसपार्कमा देखिएको असुरक्षा, बर्सातमा हिलो तथा हिउँदमा धुलो उड्ने समस्याबाट मुक्ति पाउने यातायात व्यवसायी बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव