२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अबको ४ बर्षमा सम्पन्न होला, बुढीगण्डकी जलविद्युत् आयोजना ?

२०७४, ५ बैशाख मंगलवार ०४:१८

अनिल अधिकारी | बैशाख ५, काठमाडौँ | 'फेवा तालभन्दा १६ गुणा ठूलो ताल, उ त्यो ठाउँदेखि….. उ त्यहाँसम्म पानी नै पानी' मैले यसरी भन्दै गर्दा दुई बर्ष अघि मसँग मेरो गाउँ धादिङ्ग जिल्लाको खरी गाविस (हालको ज्वालामुखी वार्ड नम्बर ५) पुगेका मेरो साथी निकै उत्साहित बने ।

उनको प्रश्न थियो 'कति बर्षमा बन्छ त ?' मेरो जवाफ थियो 'अबको ७/८ बर्ष भित्रै बन्छ रे ।' 

यो शृंखला अझै पनि मेरो गाउँमा जाने नयाँ पर्यटकसँगको वार्तालाप चलीरहन्छ । बिभिन्नले आ-आफ्नै तरिकाले बुढीगण्डकी र त्यसको निर्माणपछीको सपना देखेका छन् । आयोजना सम्पन्न हुनु कहिले-कहिले अहिलेदेखिनै खरी गाविसको माथिल्लो सडकले छोएको तथा बुढीगण्डकी देखिने जग्गाको भाउ एक्कासी १० गुणासम्म बढेर किन्नै नसकिने भईसकेको छ । 

आयोजनाकै कारण पहिले-पहिले खाने पानी नै नभएको ठाउँमा के छोरी दिने भन्नेहरु पनि आजकाल यो गाउँमा छोरी दिन खोजि-खोजि आउन थालेका छन् । सडक छेउछाउ आनाको २ लाख भन्दा माथि रकममा जग्गाको कारोवार हुन थालिसकेको छ । यो बिषय खरी गाविस मात्र नभई बुढीगण्डकी आयोजना छोएको धेरै गाविससँग सम्बन्धित छ । तर आयोजनाको काम यति ढिलो गतिमा अघि बढेको छ कि यस्तै तालमा ४० बर्षमा पनि निर्माण सम्पन्न गर्न सकिने स्थिति छ । 

आयोजना निर्माणको लागि २०६९/७० देखि हालसम्मकै कार्य प्रगतिलाई हेर्ने हो भने यो आयोजनाको काम मात्र ५ दशमलव ११ प्रतिशत छ  । २०७७/७८ भित्र कार्य सम्पन्न हुने लक्षित नीति लिईएको भएपनि ४ बर्षको प्रगति हेर्दा लाग्छ, ४ बर्षमा ५ प्रतिशत काम भएको अवस्थामा यस्तै तरिकाले काम अघि बढ्ने हो भने अझै यो आयोजना बन्न बर्षौं लाग्छ । मुआव्जा वितरणको काम मुख्य मानिएपनि मुआब्जा निर्धारण भईसकेका ठाउँमा समेत कामले उच्च गति लिन नसक्नु बिडम्बना छ । धादिङ्गका तीन र गोरखाका तीन गाविसका प्रभावितलाई मुआब्जा वितरण सुरु भएपनि गोरखाले जति धादिङ्गले काम गर्न सकेको छैन । साथै अन्य स्थानमा मुआब्जाको काम अत्तोपत्तो छैन । उता धादिङ्ग/गोरखा सिमामा पर्ने आरुघाट बजार र धादिङ्गको खहरे बजारको मुआब्जा निर्धारणको काम भएको छैन । आयोजनाको डीपीआर तयार भइसके पनि त्यसलाई अन्तिम रूप दिएर निर्माणका लागि ठेक्का प्रक्रिया कहिले सुरु हुने भन्ने निश्चित छैन । आयोजनाको कुरा छोडौं, आयोजना स्थलसम्म जोड्ने बाटो पक्कि बनाउने बिषयमा समेत कुनै काम हुन सकेको छैन । 

झन्डै ३ खर्बमा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा यो आयोजना अन्तर्गत हालसम्म १ अर्व २७ करोड मात्र खर्च गरिएको छ । कार्य प्रगति निकै धिमा गतिमा अघि बढ्दै गर्दा प्रभावित जनता र बुढीगण्डकीको आयोजना पछी आफ्नो भाग्य हेरेर बसेकाहरु समेत दुविधामा छन् । आयोजना बन्छ रे तर यस्तो गतिमा कहिले बन्छ ? यो सबैको प्रश्न बन्ने गरेको छ ।  

मुआब्जासँगै प्रभावित जनताको ब्यबस्थापन पनि उत्तिकै चुनौतीपूर्ण छ । सबैलाई चित्तबुझ्दो ब्यबस्थापन गर्ने आश्वासन बाडिएको छ तर कसरी ब्यबस्थापन गरिन्छ भन्ने बारेमा कुनै स्पष्ट खाका दिईएको छैन । सरोकारवाला निकायहरुले यस बिषयमा गम्भीर बन्नु जरुरी भईसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने