बैशाख ५, काठमाडौँ | वर्ल्डलिङ्क कम्युनिकेशनस  प्राइभेट लिमिटेडले सन् २०२० सम्म नेपालका दश लाख घरमा विश्वस्तरीय ‘फाइवर टु द होम (विस्तार गर्ने योजना लिएका FT"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ५, काठमाडौँ | वर्ल्डलिङ्क कम्युनिकेशनस  प्राइभेट लिमिटेडले सन् २०२० सम्म नेपालका दश लाख घरमा विश्वस्तरीय ‘फाइवर टु द होम (विस्तार गर्ने योजना लिएका FT"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालका दश लाख घरमा विश्वस्तरीय फाइवर सेवा बिस्तारको शुरूवात

५ बैशाख २०७४, मंगलवार ०६:३२

बैशाख ५, काठमाडौँ | वर्ल्डलिङ्क कम्युनिकेशनस  प्राइभेट लिमिटेडले सन् २०२० सम्म नेपालका दश लाख घरमा विश्वस्तरीय ‘फाइवर टु द होम (विस्तार गर्ने योजना लिएका FTTH) नेटवर्क सेवा गर्ने योजना लिएको छ । 

कम्पनीले नेपालका मुख्य शहर, शहरोन्मुख वस्ती तथा जनघनत्व धेरै भएका ग्रामीण वस्तीहरूलाई लक्षित गर्दै छिटो, भरपर्दो र आम नागरिकले उपभोग गर्न सक्ने इन्टरनेट सेवा तथा इन्टरनेट प्रोटोकलका माध्यमद्वारा प्रदान गरिने अत्याधुनिक प्रविधिमा आधारित टेलिभिजन सेवा (IPTV) प्रदान गर्ने लक्ष लिएको छ । हाल, उच्चस्तरीय इन्टरनेट सेवा लिने एक लाख प्रयोगकर्ता भएको यस कम्पनीले ३० वटा शाखा तथा ६० वटा सम्पर्क कार्यालयबाट देशको ६३ जिल्लाहरुमा आफ्नो सेवा विस्तार गरेको छ ।   

नेपालमा इन्टरनेट सेवाको विकास तथा विस्तारको लागि एउटा महत्त्वपूर्ण हिस्साका रूपमा नेतृत्वदायी भूमिका खेलिरहेको यस कम्पनीले भरपर्दो, विश्वसनीय र सस्तो इन्टरनेट सेवा प्रदान गर्न लागेको २१ वर्ष पुगेको छ । इन्टरनेट सेवा विस्तारका लागि पहिले नै ३ अर्ब रूपैयाँ लगानी गरिसकेको यस कम्पनीले आगामी तीन वर्षमा यो लगानी रकम बढाएर ७ अर्ब पुर्याउने लक्ष्य लिएको छ । यस प्रयोजनका निम्ति वल्र्डलिङ्कले तीन प्रमुख अमेरिकन कम्पनीहरू जुनिपर नेटवर्क, नोकिया नेटवर्क तथा सिस्को सिस्टमसँगको सहकार्यमा नेपालमा पहिलोपटक “ १०० जीबीपिएस” भन्दा धेरै  क्षमता भएको आन्तरिक नेटवर्क काठमाडौं उपत्यका तथा देशका प्रमुख शहरमा विस्तार गरिरहेको छ । 

हाल उपलब्ध प्रविधिहरू मध्ये सबैभन्दा उपयुक्त ‘फाइवर टु द होम’ सेवा घर घरमा पुर्याउने लक्ष्यका साथ क्लाइन्ट इण्ड अप्टिकल नेटवर्क टर्मिनल (ONTs) तथा अप्टिकल लाइन टर्मिनल (OLT) का लागि नोकिया नेटवर्क कम्पनीसँग सम्झौता भइसकेको छ । नोकिया ( पहिले अल्काटेल लुसेन्ट ) अप्टिकल नेटवर्क प्रविधिमा विश्व बजारको नेतृत्व गरेको सबैभन्दा लोकप्रिय कम्पनी हो । वल्र्डलिङ्कले नेट टिभीसंगको सहकार्यमा ४० भन्दा वढि एचडी च्यानल सहितको गुणस्तरीय आइपी टिभी (IPTV) सेवा, एक हप्ता पुरानो रेकर्डेड कार्यक्रम हेर्न पाउने व्यवस्थाका साथै  मोबाइल, ट्याबलेट तथा ल्यापटप जस्ता फरक फरक स्क्रिनहरूमा पनि हेर्न सकिने गरि अरु गलोवल ओभर द टप कन्टेन्ट (OTT) सेवाको विस्तार गरेको छ । 

विश्वस्तरीय साझेदारहरूसंगको सहकार्य सहितको थप लगानीले वल्र्डलिङ्कका सेवाहरू अझ छिटो छरितो र भरपर्दो हुनुका साथै आम नेपाली उपभोक्ताको पहुँचमा पुग्नेछ । वल्र्डलिङ्क सबै दिनहरूमा नेपाल अधिराज्य भरी विहान ६ बजेदेखि साँंझ ७ बजेसम्म विशिष्ट ग्राहक सेवा प्रदान गर्ने पहिलो कम्पनीका रूपमा स्थापित भएको छ  । ग्राहक सेवाका हिसाबले ग्राहक आफैले लिइरहेको सेवाको अधिक उपयोग तथा व्यवस्थापन गर्न सक्ने वेव पोर्टल र मोबाइल एप्सहरूको व्यवस्था गरिरहेको छ जसका माध्यमले ग्राहक बर्गहरुले जुनसुकै समयमा यस कम्पनीको सेवा सुविधा लिन र यसका वारेमा जान्न सक्नुहुनेछ ।

साथै नयाँ बर्ष २०७४ सालको उल्लास सँग सँगै हालको कम क्षमताको इन्टरनेट ग्राहकहरुको ब्यण्डविथ निशुल्क बृद्धि गर्दै नयाँ उच्च गतिका प्याकेजहरु पनि बजारमा ल्याउदै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ