१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिमा जलबिधुत आयोजना, बाठा-टाठाको कमाई खाने भाडो बन्दै

७ बैशाख २०७४, बिहीबार ०१:४९


दान बहादुर बुढा | बैशाख ७, मुगु | जुम्ला जिल्लाको कनकासुन्दरी गाँउपालिकामा रहेको हिमा जलबिधुत आयोजना ३ बर्षबाट यता अलपत्र परेको छ भने राज्यले लगानि गरेको रकम बालुवामा पानि हाले जस्ते भएको छ । आयोजनामा काम गर्ने मजदुरले अहिलेसम्म तलब पनि पाएका छैनन् ।

आर्थिकी बर्ष २०७१/०७२ बाट संन्चालनमा आएको ३५ किलोवाटमा रहेको हिमा जलबिधुत आयोजना जुम्ला जिल्लाको कनकासुन्दरी गाँउपालिकामा रहेका लुड्कु, लाजर्, गोठीगौर, पछाईबाडा, भट्टेबाडा, रोकाबाडा, सिम्पाटीबाडा लगाएत एक दर्जन बस्तीमा रहेका ६ सय घर धुरीलाई लक्षित गरी सन्चालन को तयारी थियो । हिमा जलबिधुतका लागि ३ बर्ष यता १ करोड ७० लाख भन्दा बढी बजेट सरकारी निकाय गरीबिनिवारण कोर्ष, कर्णाली रोजगार कार्यक्रमबाट बजेट बिनियोजन भएपनि कुलो निमार्णको कार्य अघुरो, केही अन्य मेशीन उपकरण लथालिङ्ग रुपमारहेका छन भने निमार्ण कार्यमा प्रयोग हुने सिमेन्ट सरिया छट म्याद सकिएका छन ।


आयोजनामा  ४०/४५ दिनसम्म काम गरेका कामदारले ज्याला समेत पाएका छैनन् । प्रति दिनको ४ सय ५५ रुपैयाको दरले ज्याला दिने भने पनि प्रति दिनको १ सय ५५ रुपैया भन्दा नपाएको कामदार जनक बहादुर शाहीले बताएका छन् ।

हिमा जलबिधुत आयोजनालाई जुम्ला दलित सेवा संघले सन्चालन गरेपछि गरिबिनिवारण कायक्रमबाट ४९ लाख ७० लाख आ.व ०७१।०७२मा कर्णाली रोजगार कार्यक्रम बाट ४३ लाख,आर सि सि कुलो बनाउन सिचाई डिभिजन कार्यालय जुम्ला बाट २ लाख आ.व ०७२।०७३मा कर्णाली रोजगार कार्यक्रमबाट १६ लाख, आ.व ०७२।०७३मा निर्वाचा पूवधार कार्याक्रमबाट १७ लाख बिनियोजन भएको थियो । जिल्ला प्राबिधिक कार्यालयका कर्मचारीले घुस माग्दा १० लाख चालीस हजार प्राप्त भएको,  राज्यको लगानिले नपुगेको भन्दै स्थानिय बासीहरुको ३ सय घर परिवारबाट दुई हजारका दरले ६ लाख रकम जम्मा गरीएको भएपनि आ.व ०७३।०७४मा कर्णाली रोजगार कार्यक्रमबाट ४३ लाख बिनियोजन भएकोमा हालसम्म कुनै काम नभएको हिमा जलबिघुत आयोजनाका अध्क्षय भिनिदि हमालले बताएका छन । कामदारले ज्याला नपाएको बिषयमा कुनै कुरा बोल्न चाहदैनन् अध्क्षय हमाल ।


 यो अलपत्र परेको हिमा जलबिघुत आयोजना समितिहरुको मागी खाने भाडो भएको छ भने कामदारले ज्याल नपाउने यी एक दुई जना ज्याला नपाउने नमुना मात्र कामदार हुन् । यस्तै धेरै कामदारहरुले ज्याला पाएका छैनन् भने राज्यको ढुकुटी सकिने आयोजना सम्पन्न नहुने बाठा-टाठाहरुको हाली मुहालि हुने अधिकाँश आयोजना यस्तै छन । लगानि कर्ताको र सरोकारवालाहरुको अनुगमन नहुने स्थानिय जनताहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा