बैशाख ७, मुस्ताङ | बेगखोलामा बाढी आएपछि बेनी–जोमसोम सडक बुधबार साँझदेखि अवरुद्ध बनेको छ । बुधबार दिउँसोको भारी वर्षापछि बेगखोलाको ठाडोखोलामा बाढी आउनुका साथै कालीगण्डकी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ७, मुस्ताङ | बेगखोलामा बाढी आएपछि बेनी–जोमसोम सडक बुधबार साँझदेखि अवरुद्ध बनेको छ । बुधबार दिउँसोको भारी वर्षापछि बेगखोलाको ठाडोखोलामा बाढी आउनुका साथै कालीगण्डकी"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेनी–जोमसोम सडक अवरुद्ध

७ बैशाख २०७४, बिहीबार ०५:२७

बैशाख ७, मुस्ताङ | बेगखोलामा बाढी आएपछि बेनी–जोमसोम सडक बुधबार साँझदेखि अवरुद्ध बनेको छ । बुधबार दिउँसोको भारी वर्षापछि बेगखोलाको ठाडोखोलामा बाढी आउनुका साथै कालीगण्डकीको सतह बढेर सडक कटान हुन थालेपछि बेनी–जोमसोम सिधा सवारी आवागमन ठप्प बनेको हो । 

बुधबार साँझदेखि नै मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत पर्ने विभिन्न गाउँबाट सदरमुकाम आउने र देशका विभिन्न भागबाट ती क्षेत्रमा जाने यात्रु मर्कामा परेका छन् । घन्टौं कुर्दासमेत पानी सतह नघटेपछि तिब्ल्याङ र बेनीमै फर्कन बाध्य भएको तिब्ल्याङका स्थानीयवासी प्रेम पुर्जाले जानकारी दिनुभयो । 

बेगखोलाको ठाडोखोलामा गत वर्षको भदौमा आएको भीषण बाढीले त्यहाँका १२ घर बगाउनुका साथै बेलिब्रिज पनि बगाएको थियो । माथिल्लो क्षेत्रमा वर्षा हुनेबित्तिकै बेगखोलामा बाढी आउने गरेको छ । बेनी–जोमसोम हुँदै मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप उच्च छ । पोखरा, बेनी र काठमाडाँैबाट सिधा जोमसोम र मुक्तिनाथका लागि जिप र माइक्रोबस छुट्न थालेपछि सवारीमा यात्रा गर्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । 

चैत, वैशाख र जेठ मुस्ताङ भ्रमणको याम मानिन्छ । गत वर्ष बाढीले ल्याएका ठूल्ठूला ढुङ्गाले कालीगण्डकीको सतह माथि उठेको र वर्षा हुने बित्तिकै ठाडाखोलामा बाढी सडक अवरुद्ध हुने गरेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिब सुमन श्रेष्ठले जानकारी दिनुभयो । 

“सम्बन्धित निकायले यसको दीर्घकालीन पहल गरेको देखिएको छैन, बाढी कम भएपछि अस्थायी रुट बनाउने अनि सवारी सुचारु गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’