२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुन आयात गर्न पाउनुपर्ने व्यवसायीको माग

१५ बैशाख २०७४, शुक्रबार ०३:०३

बैशाख १५, काठमाडौँ । नेपाल रत्न तथा आभूषण सङ्घले वर्तमान प्रतिस्पर्धात्मक युगमा वाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाउने व्यवस्थाले आफूहरुलाई मर्का परेको भन्दै नेपाल राष्ट्र बैंकले तोकेको सीमामध्ये ५० प्रतिशत सुन आयातको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । 

सङ्घको तेह्रौँ साधारण सभाबाट निर्वाचित नयाँ कार्यसमितिले बिहीबार साँझ यहाँ पत्रकारसम्मेलन गरेर त्यस्तो माग गरेको हो । 

नेपालमा निर्मित मौलिक एवम् कलात्मक गरगहना, बेलायत, अमेरिका, अस्ट्रेलियालगायत मुलुकमा निर्यात हुने गरेको जनाउँदै सङ्घका अध्यक्ष ज्योत्स्यना श्रेष्ठले कालिगढको पर्याप्त उपलब्धता नहुँदा आफूहरुलाई व्यवसाय सञ्चालन गर्न कठिन भएको बताउनुभयो । 

झन्डै रु पाँच करोडको गहगहना निर्यात हुँदै आएको जानकारी दिँदै उहाँले सरकारीस्तरबाट सहयोग भएमा निर्यातको प्रशस्त सम्भावना रहेकाले सङ्घका जायज माग सम्बोधन गर्न आग्रह गर्नुभयो । 

वैदेशिक रोजगारीमा जाने बढ्दो क्रमले स्वदेशी कालिगढबाट सेवा लिन कठिन भएको वास्तविकता औँल्याउँदै उहाँले रोजगारीका प्रशस्त अवसर स्वदेशमै सिर्जना गर्न सकिने बताउनुभयो । 

सो सङ्घको १८ सदस्यीय नवनिर्वाचित पदाधिकारीमा सुमनमान ताम्राकार प्रथम उपाध्यक्ष, नरेन्द्रकुमार गुप्ता द्वितीय उपाध्यक्ष, शक्तिकुमार बेगानी महासचिव, जयकुमार पाण्डे सचिव र ऋषि ठाकुर कोषाध्यक्ष हुनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ