ललित बोहरा | जेठ ५, डडेल्धुरा । ७ नम्बर प्रदेशका सहकारीमा संस्थागत सुसासनको अभवा रहेको डिभिजीन सहकारी कार्यालय कञ्चनपुरले जनाएको छ ।  डडेल्धुरा र कञ्चनपुरका केही स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | जेठ ५, डडेल्धुरा । ७ नम्बर प्रदेशका सहकारीमा संस्थागत सुसासनको अभवा रहेको डिभिजीन सहकारी कार्यालय कञ्चनपुरले जनाएको छ ।  डडेल्धुरा र कञ्चनपुरका केही स"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

७ नम्बर प्रदेशका सहकारीमा संस्थागत सुसासनको अभाव

५ जेष्ठ २०७४, शुक्रबार १५:०७

ललित बोहरा | जेठ ५, डडेल्धुरा । ७ नम्बर प्रदेशका सहकारीमा संस्थागत सुसासनको अभवा रहेको डिभिजीन सहकारी कार्यालय कञ्चनपुरले जनाएको छ ।  डडेल्धुरा र कञ्चनपुरका केही सहकारीहरुको अनुगमनका क्रममा सुसासन, आचारसंहिता, नियम बिपरीत सञ्चालनमा रहेको बताएको छ ।

शुक्रबार डडेल्धुरा सदरमुकाममा सहकारीकर्मी र लाईन एजेन्सीका पदाधिकारी बिच गरीएको अन्र्तरक्रियामा यस्तो जानकारी गराएको हो । तिन बर्ष सम्म लेखा प्रतिबेदन डिभीजन सहकारीलाई नबुझाउने, सञ्चालकहरुले केही बजेट सेवा ग्राहीबाट संकलन गरी हिनामीना गरी सहकारी नै छोडी दिने, कृषीर्, निर्धन सहकारी नामाकरण गरेकाहरुले पनी क्रण तथा बचतको काम गर्ने, उद्यमशिलता तथा उत्पादन मुलक क्षेत्रमा लगानी नगर्ने, र सदस्य सहभागी कमी लगायतका सुशासंन र सहकारीको निती उल्घंन गरेको बताएको छ ।

७ नम्बर प्रदेशमा अहिले बिभिन्न प्रकारका ६०९ सहकारी रहेको छन् । जसमध्ये डडेल्धुरामा  १ सय ९३ रहेको डिभीजन सहकारी कञ्चनपुरले जनाएको छ ।  डडेल्धुरामा केही दिन अगाडी मात्र ११ सहकारी खारेजीमा परेका छन् भने कञ्चनपुरमा १७ खारेजीमा परेका छन् ।

डडेल्धुरामा अहिले बचत तथा क्रण ४७, कृषी ९८, बिद्युत २, बहुउद्देश्यीय ९, तरकारी तथा फलफुल ७, स्वास्थ्य २, उपभोक्ता २, दुग्ध, ६, पशुपालन, ४ जडिबुडी २, सुचना तथा सञ्चार १, मौरी पालन २, अन्य सहकारी ११ सहरकारी रहेका छन् ।

सरकारले अहिले कृर्षि सहकारी मात्र दर्ता गर्ने गरेको छ भने अब दर्ता हुने सहकारीले कृर्षिमा मात्र काम गर्ने बिधानमै उल्लेख गरीने जनाएको छ ।  डडेल्धुरामा ७५ प्रतिशत महिलाहरुले सहकारीमा बचत गर्ने गरेको तथ्याङक रहेको जिल्ला सहकारी महासंघका अध्यक्ष पदमा गुरुङले बताउनुभएको छ । यस्तै सहकारीको माध्यमबाट धेरै युवाहरु रोजगार हुन सक्ने भन्दै सबैले सहकारीको बिकास गर्न तर्फ लाग्नु पर्ने उँहाको भनाई रहेको छ ।

डिभिजीन सहकारी कार्यालय कञ्चनपुर आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा डडेल्धुराका सरोकारवाला र सहकारीहरुमा आवद्ध प्रतिनीधी तथा सञ्चालकहरुको उपस्थीति रहेको थियो ।

जिल्ला सहकारी महासंघका अध्यक्ष पदमा गुरुङको अध्यक्षतामा सम्मपन्न भएको कार्यक्रममा सम्बन्धीत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधीहरु पनी सहभागी रहेको थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो