जेठ १०, काठमाडौं । देशको आर्थिक वृद्धिदरलाई अझै मजबुत बनाउनेगरि विद्युत् आपुर्ती सहजभएपछि चालु आवको पहिलो ६ महिनामा उद्योगहरुले कुल उत्पादन क्षमताको औसतमा ५४.२ प्रतिशत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १०, काठमाडौं । देशको आर्थिक वृद्धिदरलाई अझै मजबुत बनाउनेगरि विद्युत् आपुर्ती सहजभएपछि चालु आवको पहिलो ६ महिनामा उद्योगहरुले कुल उत्पादन क्षमताको औसतमा ५४.२ प्रतिशत "/>
२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देशको आर्थिक वृद्धिदर अझै मजबुत बन्दै, उद्योग क्षमता पनि १४.७ प्रतिशत बढ्यो

२०७४, १० जेष्ठ बुधबार ०९:३२

जेठ १०, काठमाडौं । देशको आर्थिक वृद्धिदरलाई अझै मजबुत बनाउनेगरि विद्युत् आपुर्ती सहजभएपछि चालु आवको पहिलो ६ महिनामा उद्योगहरुले कुल उत्पादन क्षमताको औसतमा ५४.२ प्रतिशत उपयोग गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

राष्ट्र बैंकले विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट ५७ जिल्लाहरुमा गरिएको स्थलगत सर्वेक्षण र सरोकारवालाहरुसँगको अन्तरक्रियाले यस्तो देखाएको हो । अघिल्लो वर्षको यसै अवधिमा भने औद्योगिक उत्पादन क्षमताको उपयोग ३९.५ प्रतिशतमा सिमित रहेको थियो ।  

औद्योगिक उत्पादनहरुमध्ये वनस्पति घिउ तथा तेल, प्रशोधित दूध, अन्न तथा पशुदाना, हल्का पेय पदार्थ, कपडा, सिमेन्ट, ईटा, फलामको छड तथा पत्ति, जुत्ता आदिको उत्पादन बढेको छ । तर, तयारी पोशाक, अल्मुनियम उत्पादन, विजुलीका तार र केबुलको उत्पादन घटेको छ ।

स्थलगत अध्ययनबाट प्राप्त तथ्याङ्क एवम् सरोकारवालाहरुसँगको छलफल तथा अन्तरक्रियाको आधारमा आर्थिक वर्ष २०७४ मा मुलुकको समग्र आर्थिक वृद्धि सन्तोषप्रद रहने देखिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

अध्ययन अनुसार चाउचाउ उद्योगले पूर्ण क्षमता उपयोग गरेको देखिएको छ भने ईटा उद्योगको क्षमता उपयोग सबैभन्दा कम अर्थात् ३०.४ प्रतिशत मात्र रहेको छ । 

विद्युत आपूर्तिमा आएको सुधारले सकारात्मक प्रभाव परेको र देशमा कुनै किसिमको बन्दहडताल जस्ता अवरोधजन्य नभएकोले समग्र उद्योगहरुको क्षमता उपयोग गत वर्षको यसै अवधिभन्दा बढ्न गएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु