जेठ १९, काठमाडौँ | काठमाडौँबाट तराई एक घन्टामा पुग्न सकिने ७६.२ किमी दूरीको द्रुतमार्ग सडक आयोजनाको काम नेपाली सेनाबाट चार वर्षभित्र सम्पन्न गर्ने गरी सरकारले निर्णय गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १९, काठमाडौँ | काठमाडौँबाट तराई एक घन्टामा पुग्न सकिने ७६.२ किमी दूरीको द्रुतमार्ग सडक आयोजनाको काम नेपाली सेनाबाट चार वर्षभित्र सम्पन्न गर्ने गरी सरकारले निर्णय गर"/>
२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक घण्टामा तराई पुग्न सकिने द्रुतमार्ग निर्माणबारे बैठक

२०७४, ११ जेष्ठ बिहीबार ११:२९

जेठ १९, काठमाडौँ | काठमाडौँबाट तराई एक घन्टामा पुग्न सकिने ७६.२ किमी दूरीको द्रुतमार्ग सडक आयोजनाको काम नेपाली सेनाबाट चार वर्षभित्र सम्पन्न गर्ने गरी सरकारले निर्णय गरेअनुसार आज रक्षा मन्त्रालयमा सो विषयमा बैठकको आयोजना गरियो । 

बैठकमा रक्षामन्त्री बालकृष्ण खाणले सरकारले यो गहन कार्यको जिम्मा ठूलो भरोसा गरेर नेपाली सेनालाई दिएकाले गुणस्तरीय ढङ्गले समयमा निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । 

भौतिक पुर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले तराई/मधेसका जनतालाई एक घन्टामा काठमाडौँका जनतासँग नजिक्याउने यो आयोजना पूरा हुँदा सेना र देशकै कार्यकुशलतामा अभिवृद्धि हुने बताउनुभयो । 

साठी वर्ष पहिले बनेको त्रिभुवन राजपथबाट अर्बौं रकम, इन्धन, सवारीसाधन मर्मत र समय गणनाको हिसाबले खर्च भइरहेको हुँदा सबै पक्षबाट यो आयोजना राष्ट्रको हितमा रहेको बैठकमा धारणा राखियो । 

नेपाली सेनाका कार्यबाहक प्रधान सेनापति बलदेवराज महतले सरकारले यो कार्यको जिम्मेवारी दिएकोमा आभार प्रकट गर्दै सेनाको सम्पूर्ण शक्ति लगाएर यो जिम्मेवारी समयभित्रै पूरा गरिने बताउनुभयो । 

यस आयोजनाको प्रत्येक महिना कार्य प्रगति अनुगमन गरी सरकारसमक्ष प्रतिवेदन दिन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा उच्चस्तरीय नीतिगत समन्वय तथा अनुगमन समिति गठन गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु