व्यवस्थापिका–संसद्को आजको बैठकमा सरका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

व्यवस्थापिका–संसद्को आजको बैठकमा सरका"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘उज्यालो नेपाल’ अभियान निरन्तर

२०७४, ११ जेष्ठ बिहीबार १२:४८

जेठ ११, काठमाडौँ | सरकारले आगामी आवमा ‘उज्यालो नेपाल’ अभियानलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने घोषणा गरेको छ । 


व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने बताउनुभयो । अघिल्ला वर्षमा दैनिक जनजीवनका लागि समेत कष्टकर बनेको विद्युत्भार कटौतीको समस्या वर्तमान सरकारको गठनलगत्तै अन्त्य भएको छ भन्दै उहाँले आगामी आवमा समेत ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकताका साथ अगाडि बढाइने बताउनुभयो । 

“गत वर्ष १२ घन्टा रहेको विद्युत्भार कटौती अन्त्यसँगै मुलुकको आर्थिक वृद्धिदर उल्लेख्य रुपमा भएको छ । आगामी आवमा समेत ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान दिइनेछ । राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाइनेछ”, सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 

निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई तोकिएको समयमा सम्पन्न गर्न सबै प्रकारका साधन तथा स्रोत परिचालन गर्ने लक्ष्य राखिएको नीति तथा कार्यक्रममा जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने बताइएको छ । 

यस्तै सरकारको नीति तथा कार्यक्रममा विभिन्न क्षमताका प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिइने, अन्तरदेशीय प्रसारण लाइनमा विशेष जोड दिइने र बिजुली नपुगेका स्थानमा विद्युत् सेवा उपलब्ध गराइने कार्यक्रम पनि समावेश गरिएको छ । निर्माणका क्रममा रहेका आयोजनालाई सकेसम्म नेपालको आफ्नै साधन र स्रोतमा अगाडि बढाइने र सम्भव नभएका खण्डमा विभिन्न दातृ निकायको सहयोगमा अगाडि बढाइने लक्ष्य राखिएको छ । 

नियमित विद्युत् आपूर्तिपछि मुलुकको आर्थिक क्षेत्रले उल्लेख्य प्रगति हासिल गरेको र गत वर्ष एक प्रतिशतभन्दा तल रहेको आर्थिक वृद्धिदर ७.५ प्रतिशतमा पुगेको स्मरण गर्दै सरकारको नीति तथा कार्यक्रममा विद्युत् उपलब्धतालाई थप सहजीकरण गर्ने उल्लेख गरिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु