जेठ २५, रुकुम | भुमे गाउँपालिका–४ कि कमला बुढालाई बिहानदेखि साँझसम्मै अल्लोको धागो उत्पादन गर्ने र कपडा बनाउने कामको सधैँ चटारो हुन्छ । 

आफ्नो कुनै पेसा नहुँदा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २५, रुकुम | भुमे गाउँपालिका–४ कि कमला बुढालाई बिहानदेखि साँझसम्मै अल्लोको धागो उत्पादन गर्ने र कपडा बनाउने कामको सधैँ चटारो हुन्छ । 

आफ्नो कुनै पेसा नहुँदा"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अल्लोको कपडा उत्पादनबाट सक्षम बन्दै रुकुमका महिला

२५ जेष्ठ २०७४, बिहीबार ०३:४०

जेठ २५, रुकुम | भुमे गाउँपालिका–४ कि कमला बुढालाई बिहानदेखि साँझसम्मै अल्लोको धागो उत्पादन गर्ने र कपडा बनाउने कामको सधैँ चटारो हुन्छ । 

आफ्नो कुनै पेसा नहुँदा दिनभर फुर्सदमा हुने उहाँलाई यो चटारोले छोएको करिब दुई वर्ष भयो । अल्लोको धागो उत्पादनको कच्चा पदार्थको जोहो गर्ने, धागो बनाउने र कपडा बुन्ने काममा उहाँ दैनिकजसो व्यस्त हुनुहुन्छ । 

भुमे गाउँपालिका–४ स्थित तल्लो साकिममा रहेको झुङलुङ सामुदायिक वनमा पाइने अल्लोको उपयोग गरी यहाँका महिलाले अल्लोको धागो तथा कपडा बनाउने उद्योग स्थापना गरेपछि उद्योगमा कार्यरत सातजना महिलालाई भ्याइनभ्याइ छ । 

उद्योगमार्फत महिलाले राम्रो रोजगारी पाएका मात्र छैनन् समाजमा उदाहरणीय समेत बन्दै गइरहेका छन् । अहिले जिल्लामा अल्लोको कपडाको मूल्य प्रतिमिटर रु ८०० छ भने धागो किलोको रु एक हजार २०० मा बिक्री हुने गरेको छ । उद्योगमार्फत वन समूहमा आबद्ध सातजना महिलाले नियमित रोजगारी पाइरहनुभएको छ । 

उद्योग तथा वन समूहकी अध्यक्ष पनि रहेकी बुढा उद्योगमार्फत आत्मसम्मानमा वृद्धि हुने, रोजगारी सिर्जना हुने र जीविकोपार्जनमा सहयोग भएको बताउनुहुन्छ । उहाँहरुका अनुसार मासिक रु दशहजारदेखि २० हजारसम्म रकम आम्दानी हुने गरेको छ । छोटो समयमा नै उद्योगले राम्रो प्रगति गरेकाले यसैलाई नै पेसा बनाएको बुढाले बताउनुभयो । 

उत्पादित धागो स्थानीय बजारमा मात्र पठाउन सकिएको उहाँको भनाइ छ । अल्लोको कपडा र धागोको माग मुलुकका ठूला सहर र सदरमुकाममा भएपनि मागअनुसार पूर्ति गर्न नसकिएको उहाँको भनाइ छ । कच्चा पदार्थ प्रशस्त मात्रामा वनमै पाइने भएकाले पनि उद्योगलाई समस्या नभएको बुढाको भनाइ छ । 

जिल्ला वन कार्यालय र बहुसरोकारवाला वन कार्यक्रम रुपान्तरण नेपालले उद्योग सञ्चालनका लागि महिलालाई निःशुल्क तालिम र दुईवटा तान निःशुल्क प्रदान गरेको थियो । 

तालिम र उद्योगको लागि चाहिने सामग्री पाएपछि आफूहरुको आत्मविश्वास बढेको र उद्योग सञ्चालन गर्ने जाँगर पलाएको बुढाको भनाइ छ । दुईवटा मेसिनले उत्पादन गरेको सामग्रीले माग धान्न गाह्रो परिरहेकाले थप तान थपी उद्योगलाई अझ ठूलो लगानी र क्षमताको बनाउँदै लैजाने योजना महिलाको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै