जेठ २६, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले नापतौल चेकजाँच नगरी सामान बिक्री गर्ने व्यापारीलाई कारबाहीको प्रक्रिया जारी राखेको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २६, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले नापतौल चेकजाँच नगरी सामान बिक्री गर्ने व्यापारीलाई कारबाहीको प्रक्रिया जारी राखेको छ"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नापतौल चेकजाँच नै नगरी सामान बिक्री

२६ जेष्ठ २०७४, शुक्रबार ०४:४५


जेठ २६, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले नापतौल चेकजाँच नगरी सामान बिक्री गर्ने व्यापारीलाई कारबाहीको प्रक्रिया जारी राखेको छ । 

कार्यालयका प्रमुख शशीभूषणकुमार यादवले भन्नुभयो, “धेरै व्यापारीले नापतौल चेकजाँच नै नगरी सामान बिक्री वितरण गरेको पाइयो, त्यस्तोलाई कारबाही अगाडि बढाएका छौँ ।” 

कार्यालयले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म चेकजाँच र नयाँ अनुमति वितरणबाट रु ९८ लाख सात हजार ७३८ राजस्व सङ्कलन गरेको छ । १० हजार ५७८ साधन चेकजाँच तथा नयाँ अनुमति वितरणबाट उक्त राजस्व सङ्कलन भएको हो । 

कार्यालयले नापतौल यन्त्र नयाँ अनुमति तथा इजाजत वितरण, नापतौल यन्त्र चेकजाँच, पेट्रोलियम पदार्थ वितरण पम्प चेकजाँच, सवारी ट्याङ्क जाँच लगायत कार्य गर्दै आएको छ । 

यस्तै वैशाख महिनामा काभ्रेपलाञ्चोक जिल्लामा ३५० फर्म, काठमाडौँको वनस्थलीमा १० फर्म र बूढानीलकण्ठ तथा वसुन्धरा क्षेत्रमा सातवटा फर्म अनुगमन गरी नियम विपरीत सञ्चालन गरेको भन्दै रोक्का गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या