जेठ ३१, पाल्पा । बिजुलीको पोल गाडेको पाँच वर्षमा बिजुली बत्ती बलेपछि दुर्गमका स्थानीयवासीमा खुसियाली छाएको छ । 

रामपुर नगरपालिकाको दुर्गम र अति विकट क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ३१, पाल्पा । बिजुलीको पोल गाडेको पाँच वर्षमा बिजुली बत्ती बलेपछि दुर्गमका स्थानीयवासीमा खुसियाली छाएको छ । 

रामपुर नगरपालिकाको दुर्गम र अति विकट क"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोल गाडेको पाँच वर्षमा दुर्गममा बिजुली बल्यो

२०७४, ३१ जेष्ठ बुधबार ०३:३२

जेठ ३१, पाल्पा । बिजुलीको पोल गाडेको पाँच वर्षमा बिजुली बत्ती बलेपछि दुर्गमका स्थानीयवासीमा खुसियाली छाएको छ । 

रामपुर नगरपालिकाको दुर्गम र अति विकट क्षेत्र वडा नं ३ र ४ का विभिन्न स्थानमा बिजुली बत्ती विस्तार गरिएको छ । नगरपालिकाको केन्द्रबाट झन्डै तीन घन्टाको पैदलमा पुगिने विकट क्षेत्र गैलुक, लामटाङ र लाँकुरीमा बिजुली बत्ती बलेपछि गाउँ नै यतिबेला उज्यालोमय बनेको छ । वर्षांैदेखि टुकी बालेर जीवन गुजारा चलाएका यहाँका स्थानीय बासिन्दालाई टुकी र लालटिन बाल्ने झन्झट सदाका लागि अन्त्य भएको छ ।

मोबाइल, लाइट चार्ज गर्नका लागि दैनिक दुई÷तीन घन्टाको पैदल हिँडेर अन्यत्र गाउँमा गएर जीवन चलाउँदै आएका यहाँका स्थानीय बासिन्दा यतिबेला खुसियालीमा छन् । 

साबिक दर्छा गाविसको रु पाँच लाख सहयोग, जिविस पाल्पाको रु ११ लाख, विद्युत् प्राधिकरण केन्द्रबाट रु १३ लाख, स्थानीय उपभोक्ताबाट उठाइएको रु १० लाख ५० हजार र स्थानीयवासीको जनश्रमदानबाट रु नौ लाख ५५ हजार ५०० गरी जम्मा रु ४९ लाख पाँच हजार ५०० को लागतमा विद्युत् विस्तार गर्न सफल भएको विद्युत् विस्तार समितिका लागि सचिव रुद्र नेपाली बताउनुहुन्छ । 

विद्युतीकरणबाट यस क्षेत्रका १८२ घरधुरीका स्थानीय बासिन्दा लाभान्वित भएका छन् । यहाँ बिजुली बलेपछि बत्ती बाल्न, खाना पकाउन, मोबाइल, लाइट चार्ज गर्न, टिभी हेर्न, रेडियो बजाउने सेवासुविधा उपभोग गर्न पाएपछि गाउँ नै परिवर्तन भएको ५३ वर्षीय सीता ज्ञवाली बताउनुहुन्छ । गाउँमा बिजुलीको पोल गाड्न थालेको लामो समय भएपनि सुविधा उपभोग गर्न पाइएकामा निकै खुसी लागेको उहाँले बताउनुभयो । 

गाविसबाट नगरपालिकामा परिणत हँुदा पनि विद्युत् सेवा सुविधाबाट टाढा रहेका यहाँका स्थानीय बासिन्दाले ढिलै भए पनि विद्युत् उपभोगको सेवा पाएपछि आफूलाई बल्ल नगरवासीको बासिन्दा भएको अनुभूति गर्न थालेका छन् । 

बुटवल पावर कम्पनी लिमिटेडमार्फत गाउँमा विद्युत् विस्तार गरिएको हो । रामपुर नगरपालिकाको केन्द्रदेखि टाढा, दुर्गम र अति विकटमा पर्ने गैलुक, लामटाङ र लाँकुरीमा ठूलो प्रयास तथा मेहनतले लामो समय लगाएर भएपनि बिजुली बाल्न सफल भएको विद्युत् विस्तार उपभोक्ता समितिका अध्यक्ष खेम राना बताउनुहुन्छ । 

“सामान लिन नगरपालिकाको केन्द्रमा दुईदेखि तीन घन्टाको समय खर्चेर जानुपर्ने, समयमा नै आवश्यक सामान पु¥याउन नसक्दा काममा निकै झन्झट बेहोर्नु प¥यो”, उहाँले भन्नुभयो । 

भौगोलिक कठिनाइ, बजारदेखि टाढा हँुदा भनेको समयमा सामान उपलब्ध गराउन सकिएन, कच्ची बाटो र सानो पानी परेपनि यातायात ठप्प हुने जस्ता समस्याका बाबजुद पनि गाउँमा विद्युत् विस्तार गर्न सफल भएको रानाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल