४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खारेज हुने कार्यालयका भवन धमाधम निर्माण हुँदै

९ असार २०७४, शुक्रबार ०६:५१

असार ९, लमजुङ । मुलुकमा सङ्घीयता लागू भएसँगै खारेज हुने जिल्लास्थित सरकारी कार्यालयका भवन धमाधम निर्माण गरिँदै छन् । जिल्ला कार्यालयका रुपमा रहेका आधा दर्जन सरकारी भवन निर्माणाधीन अवस्थामा रहेका छन् । 

जिल्लामा ६ वटा सरकारी कार्यालय निर्माणाधीन अवस्थामा रहेको सहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिृकत इं सजन श्रेष्ठका अनुसार सदरमुकाममा रहेका मालपोत, सिँचाइ, नापी, राष्ट्रिय अनुसन्धान, सरकारी वकिलको कार्यालय र कोलेनिकाको भवन निर्माणाधीन अवस्थामा रहेका छन् । 

इन्जिनियर श्रेष्ठका अनुसार रु चार करोड ५० लाखको लागतमा मालपोत कार्यालय निर्माण भइरहेको छ भने सिँचाइ, कोलेनिका र राष्ट्रिय अनुसन्धानको कार्यालयको लागत एकमुष्ट रु १८ करोड ४१ लाख रहेको छ । निर्माणाधीन कार्यालय भवनमध्ये स्थानीय तहको निर्वाचनपछि कोलेनिका र सरकारी वकिलको कार्यालय बाहेकका सबै कार्यालय खारेज हुने बताइएको छ । जिल्लामा भएका जम्मा २७ वटा सरकारी कार्यालयमध्ये १६ वटा कार्यालयका आफ्नै पक्की भवन छन् । 

जिल्लामा भवन नभएका कार्यालय अझै पाँचवटा रहेका छन् । जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयको अधिकार अब नगरपालिका र गाउँपालिकामा सर्नेछ । जिल्लामा बढीमा सातवटा मात्रै सरकारी कार्यालय रहनेछन् । 

जिल्लाका अन्य गाउँ तथा नगरपालिका भने भवनविहीन छन् । अन्य स्थानीय निकायमध्ये केहीले साबिकका गाविस भवन वा घर भाडामा लिएर काम चलाउँदै आएका छन् । कतिपय कार्यालयले भवन निर्माणका लागि जग्गासमेत पाएका छैनन् भने केही स्थानीय निकायको आफ्नै जग्गा भएर पनि भवन निर्माण गर्न पाएका छैनन् । 

सदरमुकाम बेसीसहर एउटा स्थानीय निकायको केन्द्र रहेको छ । यद्यपि यहाँका पक्की र आकर्षक सरकारी कार्यालयका भवनमा भने कसले उपयोग गर्ने भन्ने टुङ्गो छैन । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ