२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खारेज हुने कार्यालयका भवन धमाधम निर्माण हुँदै

२०७४, ९ असार शुक्रबार ०६:५१

असार ९, लमजुङ । मुलुकमा सङ्घीयता लागू भएसँगै खारेज हुने जिल्लास्थित सरकारी कार्यालयका भवन धमाधम निर्माण गरिँदै छन् । जिल्ला कार्यालयका रुपमा रहेका आधा दर्जन सरकारी भवन निर्माणाधीन अवस्थामा रहेका छन् । 

जिल्लामा ६ वटा सरकारी कार्यालय निर्माणाधीन अवस्थामा रहेको सहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिृकत इं सजन श्रेष्ठका अनुसार सदरमुकाममा रहेका मालपोत, सिँचाइ, नापी, राष्ट्रिय अनुसन्धान, सरकारी वकिलको कार्यालय र कोलेनिकाको भवन निर्माणाधीन अवस्थामा रहेका छन् । 

इन्जिनियर श्रेष्ठका अनुसार रु चार करोड ५० लाखको लागतमा मालपोत कार्यालय निर्माण भइरहेको छ भने सिँचाइ, कोलेनिका र राष्ट्रिय अनुसन्धानको कार्यालयको लागत एकमुष्ट रु १८ करोड ४१ लाख रहेको छ । निर्माणाधीन कार्यालय भवनमध्ये स्थानीय तहको निर्वाचनपछि कोलेनिका र सरकारी वकिलको कार्यालय बाहेकका सबै कार्यालय खारेज हुने बताइएको छ । जिल्लामा भएका जम्मा २७ वटा सरकारी कार्यालयमध्ये १६ वटा कार्यालयका आफ्नै पक्की भवन छन् । 

जिल्लामा भवन नभएका कार्यालय अझै पाँचवटा रहेका छन् । जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयको अधिकार अब नगरपालिका र गाउँपालिकामा सर्नेछ । जिल्लामा बढीमा सातवटा मात्रै सरकारी कार्यालय रहनेछन् । 

जिल्लाका अन्य गाउँ तथा नगरपालिका भने भवनविहीन छन् । अन्य स्थानीय निकायमध्ये केहीले साबिकका गाविस भवन वा घर भाडामा लिएर काम चलाउँदै आएका छन् । कतिपय कार्यालयले भवन निर्माणका लागि जग्गासमेत पाएका छैनन् भने केही स्थानीय निकायको आफ्नै जग्गा भएर पनि भवन निर्माण गर्न पाएका छैनन् । 

सदरमुकाम बेसीसहर एउटा स्थानीय निकायको केन्द्र रहेको छ । यद्यपि यहाँका पक्की र आकर्षक सरकारी कार्यालयका भवनमा भने कसले उपयोग गर्ने भन्ने टुङ्गो छैन । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल