२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज (बिहीबार) एकैदिन तोलामा चार हजार रूपैयाँ घट्यो सुनको मूल्य, किन घट्यो?

२०८१, २२ कार्तिक बिहीबार ११:३५

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। बुधबार मात्र प्रतितोला तीन सय रुपैयाँले बढेको सुनको भाउ बिहीबार प्रतितोला चार हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ, जबकि बुधबार यसै सुनको मूल्य एक लाख ६८ हजार पाँच सय रुपैयाँ थियो।

यस गिरावटलाई विश्लेषकहरूले ट्रम्पको विजयसँग जोडेर हेरिरहेका छन्। उनको जीतले अमेरिकामा मुद्रास्फीति थप बढ्न सक्ने र बण्ड र डलरको मूल्यमा वृद्धिको सम्भावना रहेकोले लगानीकर्ताहरूलाई सुनमा लगानी गर्ने कम आकर्षक हुने विश्लेषण गरिएको छ। यसै कारणले अन्तर्राष्ट्रिय बजारमा सुनको भविष्य मूल्यमा पनि तीन प्रतिशतले गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

त्यस्तै, चाँदीको मूल्यमा पनि बिहीबार गिरावट देखिएको छ। बुधबार प्रतितोला दुई हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा झरेको छ, जुन अघिल्लो दिनको तुलनामा ५५ रुपैयाँले कम हो।

अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔंस २६५९ अमेरिकी डलरमा कारोबार भइरहेको जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा