२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाल्दै भने, ‘रोकिएको आईपीओ चाँडै निष्काशन गर्छौं’

२०८१, १२ मंसिर बुधबार १४:५५

काठमाडौँ | नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदभार गरेका छन्। मंगलबार अध्यक्षको शपथ लिएका उनले आज खुमलटारस्थित बोर्डको कार्यालय पुगेर पदभार सम्हालेका हुन्।

पदरभारपछि श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशनअनुसार अगाडि बढ्ने बताए। उनले नयाँ एक्सचेन्जको काम निकै अगाडि बढेको बताउँदै त्यसमा सरकारको नीति ,कानुन र निर्देशअनुसार अगाडि बढ्ने बताए।

नयाँ स्टक एक्सचेन्जको विषयमा आफू स्पष्ट रहेको उनको भनाइ। उनले लामो समयदेखि अध्यक्षविहीन धितोपत्र बोर्डको अध्यक्षमा आफू ठूलो जिम्मेवारीका साथ आएको बताए। उनले चुनौतिहरू धेरै रहेपनि रोकिएका सबै काम पूरा गर्ने बताए। उनले सबै लगानीकर्ताको पक्षमा काम गर्ने बताए।

‘ठूलो जिम्मेवारीका साथ आएको छु। ठूलो च्यालेन्ज पनि छ। विशेषगरी क्यापिटल मार्केटको भूमिकाको दायर बढाउँदै लैजानुपर्छ। इन्भेस्टरहरूको प्रोटेक्सन पहिलो प्राथमिकता हो। यसलाई मध्यनजर गर्ने। क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा गर्ने कन्ट्रीब्युसन धेरै छ। त्यसको सदुपयोग गर्न सकिरहेको छैन,’उनले भने,’नेपाल सरकारको कानुनअनुसार स्टक एक्सजेन्सको विषयमा अगाडि बढिन्छ। धेरै कुराहरू यसमा अगाडि बढिसकेको स्थिति छ। यसमा बुझेर अगाडि बढछौं।’

उनले रोकिएको आईपीओ चाँडै निष्काशन गर्ने दावी गरे। ‘आईपीओ निष्काशनको विषयमा साथीहरूसँग वस्तुस्थित बुझ्छु। आईपीओ जारी गर्न अनुमति दिने नियमित काम हो। प्रक्रियाबाट अगाडि बढ्छ। स्थायी नेतृत्व नहु्ँदा आईपीओ रोकिएको हो,’उनले भने,’यो समस्या समाधान हुँदैजान्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु