मोहम्मद ईजहार शेष/असार २२, नवलपरासी । ढलनिकासका लागि सिमावर्ति रमपुरवांमा निर्माण भएको नाला दोस्रो पटक पनि ढलेको छ । 

कमसल र मापदण्ड बिपरीत निर्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/असार २२, नवलपरासी । ढलनिकासका लागि सिमावर्ति रमपुरवांमा निर्माण भएको नाला दोस्रो पटक पनि ढलेको छ । 

कमसल र मापदण्ड बिपरीत निर्म"/>

२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फेरी ढल्यो रमपुरवांममा मापदण्ड बिपरीत बनेको नाला

२०७४, २२ असार बिहीबार १२:३९


मोहम्मद ईजहार शेष/असार २२, नवलपरासी । ढलनिकासका लागि सिमावर्ति रमपुरवांमा निर्माण भएको नाला दोस्रो पटक पनि ढलेको छ । 

कमसल र मापदण्ड बिपरीत निर्माण गरीएको नाला सामान्य हावाहुरी र पानीले ढलेको हो । निर्वाचन क्षेत्र पुर्वाधार बिकास कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्र नम्बर ६ मा पर्ने रमपुरवांवाट भारतको सिमाना देखि उक्त बाटो  महेशपुरमा जाडिएको छ । 

ढल  निकासका लागि जेठ महिनावाट निर्माण सुरु गरीएको नाला एक हप्ता पछि समान्य बर्षाले जेठ १२ गते ढलेको थियो । कमसल सामाग्रि प्रयोग गरि निर्माण भएको कारण ढलेको भन्दै स्थानीयले बिरोध गरेपछि उक्त नाला फेरी निर्माण गरिएको थियो । तर दोस्रो पटकपनि निर्माण भएको नाला असार २१ गते फेरी ढलेपछि स्थानीयहरु निर्माण समिति प्रति आक्रोषित भएका छन् ।

निर्माण गर्दा सिमेन्ट र बालुवाको मिश्रण १ र ४ को अनुपातमा गर्नु पर्ने भएपनि १—८ र १—१० सम्मको अनुपातमा निर्माण गरी भ्रष्टचार गर्ने नियतले निर्माण गरीएको हुँदा नालाहरु पटकपटक ढलेको स्थानीयले आरोप लगाएका छन् । 

उक्त नाला दुई ठाँउमा गरी करीब ४० मिटरसम्म ढलेको छ । करीब ११ लाखको लागतमा २०७३ चैत्र २६ गतेवाट सुरु भएको बाटो ग्रेभेल तथा ढल निकास निर्माण कार्यक्रम २०७४ असाढ १५ सम्म भ्याउनु पर्ने भएकाले हतार हतारमा निर्माण काम भएको थियो । 


यता सडक ग्रेभेल तथा नाला निर्माण समितिका अध्यक्ष गँगा यादवले आफुलाई जानकारीनै नदिई निर्माण समितिको अध्यक्ष बनाईएको र निर्माण काममा पनि आफ्नो केही नचलेका भन्दै आफ्नो गल्ती नभएको बताएका छन् । 

निर्माण समितिका अध्यक्ष यादव साविक रमपुरवां गाविसमा कार्यालय सहयोगिको रुपमा कार्यरत रहेका थिए । यादवले आफुलाई गाविस सविच र निवर्तमान गाविस अध्यक्षकोे डिजाईनमा अध्यक्ष बनाईएपनि निर्माण काममा आफ्नो संलग्नता नरहेको र रमपुरवाका स्थानीय नेताहरुकै अनुसार निर्माण भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न