साउन ४, बिर्तामोड । बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरुले जिम्मेवारी लिएपछि  सडक, विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षा र सुरक्षालाई कामको पहिलो प्राथमिकता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ४, बिर्तामोड । बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरुले जिम्मेवारी लिएपछि  सडक, विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षा र सुरक्षालाई कामको पहिलो प्राथमिकता"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विकासका लागि बिर्तामोडमा २८ समस्या र चुनौति

४ श्रावण २०७४, बुधबार ०६:४२

साउन ४, बिर्तामोड । बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरुले जिम्मेवारी लिएपछि  सडक, विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षा र सुरक्षालाई कामको पहिलो प्राथमिकतामा राखेका छन् । 

चुनावताका आफूले गरेको प्रतिबद्धता, स्थानीय क्षेत्रको आवश्यकता र जनताको अपेक्षा अनुसार कामलाई प्राथमिकताको आधारमा अघि बढाउने उनीहरुले बताएका छन् । जनताको अपेक्षा अनुसार काम गर्न तत्काल धेरै चुनौति र समस्याहरु देखापरेको पनि जनप्रतिनिधिहरुले जनाएका छन् । 

संवाद समूहको सचिवालय झापाले बुधबार बिर्तामोडमा गरेको छलफलमा त्यहाँका जनप्रतिनिधिले समयमा नै प्रशिक्षण नपाउँदा आफूले निर्वाह गर्ने कतिपय जिम्मेवारीको बारेमा समेत द्विविधा रहेको बताए । 

बिर्तामोडका नगरप्रमुख धु्रवकुमार शिवाकोटीले नगरभित्र तत्काल २८ वटा समस्या तथा चुनौति देखापरेको बताउँदै त्यसको उचित ढंगले समाधानका लागि आफूहरु लागीपरेको जनाए । पहिलो कुरो त कार्यालय व्यवस्थापन र कर्मचारी व्यवस्थापनमै समस्या रहेको उनले सुनाए । अधिकांश वडामा कार्यालय छैनन् । कतै संयुक्त वडा कार्यालय त कतै भाडाको घरमा कार्यालय व्यवस्थापनका लागि काम भइरहेको प्रमुख शिवाकोटीको भनाइ छ । 

स्वास्थ्य, शिक्षा, सुरक्षा, ढल, सडक, प्रदुषण, विषादि, खानेपानी, लागूपदार्थ दुव्र्यसन, फोहोर व्यवस्थापन, गाडी पार्किङ, सार्वजनिक शौचालय, अव्यवस्थित बसोबास, छाडा चौपाय, अव्यवस्थित भिटा प्लटिङ, अन्धुवा खोला नियन्त्रण, कालो बजारी, बन्द हड्ताल, हात्ती आतंक, गरिबी, सिंचाइ जस्ता समस्या र चुनौति बिर्तामोड नगरको रहेको प्रमुख शिवाकोटीले बताए । 

वडा नं. १ का अध्यक्ष अग्नी पाण्डेले कार्यालय भवन, बजेट व्यवस्थापन, अन्धुवा खोला र डुबान समस्याको रुपमा रहेको बताए । उनले अन्धुवा नियन्त्रण गर्दै तीन वर्षभित्र वडालाई डुबानरहित र एक वर्षभित्र टुकीरहित वडाको रुपमा विकास गर्न प्राथमिकताका साथ काम थालिएको बताए । 

पत्रकार मदन ढकालको नाममा मदन पुस्तकालय स्थापना र सूचना केन्द्र निर्माणका साथै वडालाई बन्द निषेध, सबै व्यवसायीलाई कानूनी दायरामा ल्याउने, खुला दिसामुक्त क्षेत्र घोषणा, हरेक घरमा खानेपानी, सडक, स्वास्थ्य र सुरक्षाका लागि प्राथमिकताका साथ काम गर्ने बताए । 

बिर्तामोड– १ मा एउटा पनि सरकारी विद्यालय नभएको हुँदा उपयुक्त ठाउँमा सरकारी विद्यालय स्थापना गर्ने समेत पाण्डेले बताए । 

वडा न. २ का अध्यक्ष नगेन्द्र संग्रौलाले फराकिला बाटो, ढल निर्माण जस्ता विषय प्राथमिकतामा रहेको बताए । नगर गौरवका योजनालाई प्राथमिकताका साथ अघि बढाउने उनले जनाए । ०७५ सालभित्र आफ्नो वडालाई टुकीमुक्त गर्ने गरी काम शुरु भएको संग्रौलाले बताए । 

नागरिकता र जग्गा बिक्री सिफारिस, सिंचाइ, फोहोर व्यवस्थापन, खुला दिसामुक्त क्षेत्र जस्ता विषय चुनौतिको रुपमा रहेको बताए । बिर्तामोड नगरले पाँच वर्षभित्र सय किलोमिटर सडक कालोपत्रे गर्ने र सय किलोमिटर थप सडक ढलसहित ग्राभेल गर्ने समेत जानकारी गराए । 

वडा नं. ४ का अध्यक्ष कुलप्रसाद संग्रौलाले गाउँदेखि शहरसम्म जोडिएको यस वडाको प्रमुख समस्या वर्षाको बेला डुबान रहेको बताए । वडालाई डुबानबाट  बचाउँदै डे«नसहितको बाटो निर्माण, विद्युत्, पर्यावरण, पार्किङ लगायतका विषयलाई प्राथमिकतामा राखिएको बताए । कतिपय वृद्धवृद्धाको नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता लिन समस्या भएको, स्वास्थ्य चौकी व्यवस्थित गर्नुपर्ने आवश्यक रहेको, पर्यावरण संरक्षण समस्याको रुपमा रहेको बताए । 

वडा नं. ७ का अध्यक्ष गंगा भट्टराईले यस वडामा बाटो, खानेपानी, शिक्षा, हात्ती आतंक नियन्त्रण जस्ता विषयलाई प्राथमिकतामा राखिएको बताए । कार्यालय, कर्मचारी र बजेट नहुँदा समस्यासँगै काम गर्न द्विविधा उत्पन्न भएको उनको भनाइ थियो । 

वडा नं. ९ कि अध्यक्ष पवित्रा पाठकले खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, सुरक्षा नै वडाको प्राथमिकतामा रहेको बताउँदै जनअपेक्षा ठूलो रहेको जनाइन् । 

वडा नं. १० का अध्यक्ष दुर्योधन गुरुङले विकासको दृष्टिले ओझेलमा परेको यस वडामा मानिसले आवत–जावत गर्न सक्ने न्यूनतम् मापदण्डको सडक निर्माण पहिलो प्राथमिकतामा रहेको बताए । वडा कार्यालय, स्वास्थ्य चौकी र सुरक्षा पोष्ट समेत नरहेको यस वडामा काम गर्न धेरै समस्या र चुनौति रहेको गुरुङको भनाइ थियो ।  विद्युत्, कल्भर्ट र अन्य विषयलाई पनि प्राथमिकताका आधारमा अघि बढाउने उनले बताए । 

अनारमनी, चारपाने र गरामनी गाविस मिलाएर बनाइएको बिर्तामोड नगरपालिका बहुराष्ट्रिय व्यापारको ट्रान्जिट पोइन्ट समेत बन्दै गएको बताउँदै जनप्रतिनिधिहरुले यहाँ व्यवस्थित विकास र सुरक्षा चुनौतिको रुपमा रहेको समेत औंल्याए । उनीहरुले आफूहरु विभिन्न पार्टीबाट निर्वाचित भए पनि अब बिर्तामोडबासीको साझा प्रतिनिधि भएकाले सबैको भावनालाई सम्मान गरेर काम गर्ने प्रतिबद्धता समेत जनाए । 

छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

तस्वीरः कमल पाण्डे(बिनोद)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव