२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीको भृकुटी कागज कारखानाका ३ सय २८ कर्मचारीले तलब किन पाएनन् ?

१२ श्रावण २०७४, बिहीबार १२:३१


साउन १२, नवलपरासी । गैँडाकोटस्थित भृकुटी कागज कारखानामा स्थायी दरबन्दीमा कार्यरत ३२८ कर्मचारीले तलब पाएका छैनन् । 

विसं २०६७ मा बन्द भएको सो उद्योगमा कार्यरत ती विभिन्न पदका स्थायी कर्मचारीले सात वर्षदेखिको पारिश्रमिक पाउन सकेका छैनन् । सरकारले आफ्नो स्वामित्वमा रहेको भृकुटी कागज कारखानालाई रु १७ करोडमा २०४९ सालमा उद्योग गोल्छा अर्गनाइजेसनलाई ‘लिज’मा जिम्मा दिएको थियो ।

सो स्थानमा सोही उद्योग अथवा अन्य जुनसुकै उद्योग राख्न पाउने तर व्यक्तिगत रुपमा जग्गालाई प्लटिङ गरेर बिक्री गर्न नपाउने सर्तमा गोल्छा अर्गनाइजेसनलाई सरकारले सो उद्योग जिम्मा लगाएको थियो । पेपर (कागज) र पेपर तयार हुन आवश्यक कच्चा पदार्थ पल उत्पादन हुने यस उद्योग २०६७ बाट पूर्णरुपमा बन्द रहेको छ । 

गोल्छा अर्गनाइजेसनको मातहतमा रहेको सो उद्योगको सुरक्षार्थ २०६७ सालदेखि २० जना सुरक्षाकर्मी खटिएका छन् । आफूहरु श्रम मन्त्रालय र अन्य सरकारी निकायमा धाउँदा पनि तलब नपाएको उद्योग आन्दोलन परिचालन समितिका सहसंयोजक हरि ढकालले बताउनुभयो । 

सो कारखानामा कार्यरत कर्मचारीले रु १५ करोड भन्दा बढी रकम अझै पाउन सकेका छैनन् । पटक पटक कारखाना व्यवस्थापनसँग वार्ता गरी सो रकम वितरण गर्ने सहमति भए पनि कारखानाको व्यवस्थापन पक्षले अटेरी गर्दै आएको ढकाल बताउनुहुन्छ । 

भृकुटीमा कार्यरत कर्मचारीले अहिलेसम्मको तलब नपाउँदा उनीहरुको जीवन थप कष्टकर बन्दै गएको छ । कार्यरत मजदुर र सञ्चालकबीच २०६९ पुस २ गते, २०७० साउन २ गते र २०७१ वैशाख २६ गते वार्ता भई तीन पटक सम्झौता भएको थियो । तर सो सम्झौता कार्यान्वयन भने भएको छैन । 

पटक पटकको धर्ना, अनशन, आन्दोलनपछि सहमति भए पनि कार्यान्वयन गर्न सञ्चालकले मानेको छैन । सरकारले समेत आफ्नो मागप्रति बेवास्ता गरेको कर्मचारीको गुनासो छ । विसं २०६७ अघि उद्योगमा उत्पादन भएको कागज स्वदेशभित्र खपत हुँदै आएको थियो । 

नेपालकै सबैभन्दा ठूलो कागज उद्योग भृकुटी कागज कारखाना बन्द हुनुअघि एक हजार ५०० कर्मचारी कार्यरत थिए । अस्थायी, करार र ज्यालादारीमा कार्यरत करिब एक हजार २०० कर्मचारीले गोल्छा अर्गनाइजेसनको सेवा सुविधा लिएका भएपनि स्थायी ३२८ कर्मचारीको व्यवस्थापन हुन नसक्दा समस्या भएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो