२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीको भृकुटी कागज कारखानाका ३ सय २८ कर्मचारीले तलब किन पाएनन् ?

२०७४, १२ श्रावण बिहीबार १२:३१


साउन १२, नवलपरासी । गैँडाकोटस्थित भृकुटी कागज कारखानामा स्थायी दरबन्दीमा कार्यरत ३२८ कर्मचारीले तलब पाएका छैनन् । 

विसं २०६७ मा बन्द भएको सो उद्योगमा कार्यरत ती विभिन्न पदका स्थायी कर्मचारीले सात वर्षदेखिको पारिश्रमिक पाउन सकेका छैनन् । सरकारले आफ्नो स्वामित्वमा रहेको भृकुटी कागज कारखानालाई रु १७ करोडमा २०४९ सालमा उद्योग गोल्छा अर्गनाइजेसनलाई ‘लिज’मा जिम्मा दिएको थियो ।

सो स्थानमा सोही उद्योग अथवा अन्य जुनसुकै उद्योग राख्न पाउने तर व्यक्तिगत रुपमा जग्गालाई प्लटिङ गरेर बिक्री गर्न नपाउने सर्तमा गोल्छा अर्गनाइजेसनलाई सरकारले सो उद्योग जिम्मा लगाएको थियो । पेपर (कागज) र पेपर तयार हुन आवश्यक कच्चा पदार्थ पल उत्पादन हुने यस उद्योग २०६७ बाट पूर्णरुपमा बन्द रहेको छ । 

गोल्छा अर्गनाइजेसनको मातहतमा रहेको सो उद्योगको सुरक्षार्थ २०६७ सालदेखि २० जना सुरक्षाकर्मी खटिएका छन् । आफूहरु श्रम मन्त्रालय र अन्य सरकारी निकायमा धाउँदा पनि तलब नपाएको उद्योग आन्दोलन परिचालन समितिका सहसंयोजक हरि ढकालले बताउनुभयो । 

सो कारखानामा कार्यरत कर्मचारीले रु १५ करोड भन्दा बढी रकम अझै पाउन सकेका छैनन् । पटक पटक कारखाना व्यवस्थापनसँग वार्ता गरी सो रकम वितरण गर्ने सहमति भए पनि कारखानाको व्यवस्थापन पक्षले अटेरी गर्दै आएको ढकाल बताउनुहुन्छ । 

भृकुटीमा कार्यरत कर्मचारीले अहिलेसम्मको तलब नपाउँदा उनीहरुको जीवन थप कष्टकर बन्दै गएको छ । कार्यरत मजदुर र सञ्चालकबीच २०६९ पुस २ गते, २०७० साउन २ गते र २०७१ वैशाख २६ गते वार्ता भई तीन पटक सम्झौता भएको थियो । तर सो सम्झौता कार्यान्वयन भने भएको छैन । 

पटक पटकको धर्ना, अनशन, आन्दोलनपछि सहमति भए पनि कार्यान्वयन गर्न सञ्चालकले मानेको छैन । सरकारले समेत आफ्नो मागप्रति बेवास्ता गरेको कर्मचारीको गुनासो छ । विसं २०६७ अघि उद्योगमा उत्पादन भएको कागज स्वदेशभित्र खपत हुँदै आएको थियो । 

नेपालकै सबैभन्दा ठूलो कागज उद्योग भृकुटी कागज कारखाना बन्द हुनुअघि एक हजार ५०० कर्मचारी कार्यरत थिए । अस्थायी, करार र ज्यालादारीमा कार्यरत करिब एक हजार २०० कर्मचारीले गोल्छा अर्गनाइजेसनको सेवा सुविधा लिएका भएपनि स्थायी ३२८ कर्मचारीको व्यवस्थापन हुन नसक्दा समस्या भएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ