२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चार लाखबढी जरिवना असुल हुन बाँकि

२०७४, १३ श्रावण शुक्रबार ०६:१८

साउन १३, दार्चुला । जिल्ला अदालत दार्चुलाको गत आर्थिक वर्षको जरिवाना बाफतको ४ लाख ४८ हजार ४ सय ५५ रुपैयाँ अशुली हुन बाकी रहेको छ ।

गत वर्ष जरिवानातर्फ ४ लाख ९३ हजार ७ सय ८५ रुपैयाँ रहेको थियो भने जिम्मेवारी सरेर आएको ९ लाख ३० हजार २५ रुपैयाँ रहेको थियो । दुवै जोड्दा १४ लाख २३ हजार ८ सय १० रुपैयाँ अशुल गर्न बाकी रहेकोमा गत आर्थिक वर्षमा ९ लाख ७५ हजार ३ सय ५५ रुपैयाँ अशुली भएको जिल्ला अदालत दार्चुलाका श्रेस्तेदार भीम प्रसाद भुषालले जानकारी दिनुभयो ।

यस्तै कैदतर्फ कुल २ सय ९ वर्ष ६ महिना २२ दिन रहेकोमा ८२ वर्ष ६ महिना ८ दिन फछ्र्यौट गरिएको छ भने यस आर्थिक वर्षको लागि १ सय २७ वर्ष १४ दिन जिम्मेवारी सरेर आएको भुषालको भनाई छ । 

जिल्ला अदालत दार्चुलाले यस आर्थिक वर्षमा गत बर्षको कैदबाट १४ वर्ष र नयाँ कायम हुने लगत पूरै फछ्र्यौट गर्ने लक्ष्य राखिएको भुषालले बताउनुभयो । जरिवानातर्फ पूरानो ४४ हजार ८ सय ४५ र नयाँ कायम हुने पुरै जरिवाना लगत फछ्र्याैट गरीने लक्ष्य रहेको छ ।

यसैगरी जिल्ला अदालत दार्चुलाले यस आर्थिक वर्षमा ७२ थान मुद्धा दर्ता हुने अनुमान गरेको छ । जसमा गत आर्थिक वर्षको २३ थान जिम्मेवारी सरि आएको छ । अदालतले फुटकर निवेदन ७ थान पर्ने अनुमान सहित मुद्धाको संख्या यस आर्थिक वर्षमा १ सय २ थान पुग्ने अनुमान गरिएको श्रेस्तादार भुषालले बताउनुभयो ।

जसमा फछ्र्यौटतर्फ दर्ता मुद्धा ७१ थान र ६ थान फुटकर निवेदन गरी ७७ थान मुद्धा फछ्र्यौट हुने लक्ष्य निर्धारण गरिएको जिल्ला अदालत दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न