ललित बोहरा/साउन २४, डडेल्धुरा । संघिय लोकतन्त्र स्थापना संगै भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात अमरगढी नगरपालिकाको पहिलो नगरसभा मंगलबार सम्पन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/साउन २४, डडेल्धुरा । संघिय लोकतन्त्र स्थापना संगै भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात अमरगढी नगरपालिकाको पहिलो नगरसभा मंगलबार सम्पन्"/>

२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमरगढी नगरपालिकाको पहिलो नगरसभा सम्पन्न, के-के भए निर्णय ?

२०७४, २४ श्रावण मंगलवार १५:४४


ललित बोहरा/साउन २४, डडेल्धुरा । संघिय लोकतन्त्र स्थापना संगै भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात अमरगढी नगरपालिकाको पहिलो नगरसभा मंगलबार सम्पन्न भएको छ ।

नगरसभाबाट आर्थिक वर्ष २०७४/७५ को अनुमानित आय व्यय विवरण समेत प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०७४/७५  को लागि जम्मा रु ३२ करोड ५१ लाख ५ हजार ७ सय ३४ बराबरको बजेट तथा कार्यक्रम नगर प्रमुख विशेश्वर प्रसाद ओझाले प्रस्तुत गरेका थिए । यस्तै अमरगढी नगरपालिकाको आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि नगरकार्यपालिकाबाट नगरसभामा पेस हुने निती तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

निती तथा कार्यक्रममा नगरको सम्पुर्ण सम्बृद्धिको कार्यक्रम समावेस गरिएको नगर प्रमुख ओझाले बताएका छन् । नगरसभाबाट नगरपालिकाको आर्थिक विकासका लागि कृषि तथा पशुपालन, उद्योग तथा बाणिज्य, पर्यटन, संस्कृति, सहकारी र वित्तीय  क्षेत्रका लागि निति तथा कार्यक्रम समावेश गरिएको छ ।

जसमा कृषि पेसालाई व्यवसायिक बनाउन आधुनिकिकरण गर्ने, सित भण्डारको व्यवस्था गर्ने, कृषकलाई बाली बिमा, पशु बिमा तर्फ उन्मुख हुने निति अपलम्वन गर्ने, कुर्षी बिकासमा एकद्धार प्रणाली अपनाउने, उधोगिक क्षेत्रको स्थापना, स्थानीय धार्मीक स्थलको संरक्षण र संर्वद्धन गर्ने, डोटेली भाषाको जगेर्नाका लागि भाषा संग्राहलय स्थापनाकोलागि पहल गर्ने, खेलकुद पर्यटनमा जोड दिईने निती समावेस गरिएको छ ।

यस्तै सहिद भीमदत्त पन्तको जन्मथलो अमरगढी २ लाई आदर्श वडाको रुपमा विकास गर्दै ‘होम स्टे’ अवधारणाको विकास गर्ने, एक टोल एक सहकारीको निति अवलम्वन गर्ने, वित्तीय संस्थामा सहज पहुचको निति अवलम्वन गर्ने, सामाजिक सुरक्षा भत्ता बितरण गर्न धुम्ती बैंक संचालन गर्न पहल गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरसभाबाट नगरपालिकाको सामाजिक बिकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानि तथा सरसफाई, खेलकुद, सामाजिक सुरक्षा आदिको लागि निति तथा कार्यक्रम प्रस्तु गरिएको छ ।

जसमा निजी विद्यालयको शैक्षीक गुणस्तरमा सुधार गर्ने, यसै आर्थिक बर्षमा अमरगढी नगरपालिकालाई पुर्ण साक्षर नगरपालिका घोषणा गर्ने, आपांग मैत्रि भौतिक संरचना निर्माणमा जोड दिने, स्वास्थ्य बिमा कार्यक्रमलाई विषेश महत्व दिने, खाद्य सुरक्षामा जोड दिने, नगरपालिका भित्र एक घर एक स्वच्छ खानेपानि धाराको निति लिने, खेलकुदलाई जीवनको अभिनन अङ्गको रुपमा विकास गर्ने, अपांग, दलित असहायको सामापजक जिवनको सुरक्षाको सुनिश्चीत गर्ने, रोजगार सुचनाकेन्द्र मार्फत जव बैंकको स्थापना गर्ने निति तथा कार्यक्रममा समावेश गरिएको छ ।

 पूर्वाधार बिकासका लागि सडक, सिंचाइ, भवन तथा सहरिकरण बिकास, सचांर, बैकल्पीक उर्जा आदिको विकास गरिने भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न