लित बोहरा | साउन २४, डडेल्धुरा | संघिय लोकतन्त्र स्थापना संगै भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात अमरगढी नगरपालिकाको पहिलो नगरसभा मंगलबार सम्पन्न भएको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लित बोहरा | साउन २४, डडेल्धुरा | संघिय लोकतन्त्र स्थापना संगै भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात अमरगढी नगरपालिकाको पहिलो नगरसभा मंगलबार सम्पन्न भएको छ ।

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमरगढी नगरपालिकाको पहिलो नगरसभा सम्पन्न, यस्ता छन् नयाँ योजना

२४ श्रावण २०७४, मंगलवार १५:४७

लित बोहरा | साउन २४, डडेल्धुरा | संघिय लोकतन्त्र स्थापना संगै भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात अमरगढी नगरपालिकाको पहिलो नगरसभा मंगलबार सम्पन्न भएको छ ।

नगरसभाबाट आर्थिक वर्ष २०७४/७५ को अनुमानित आय व्यय विवरण समेत प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०७४/७५  को लागि जम्मा रु ३२ करोड ५१ लाख ५ हजार ७ सय ३४ बराबरको बजेट तथा कार्यक्रम नगर प्रमुख विशेश्वर प्रसाद ओझाले प्रस्तुत गरेका थिए । यस्तै अमरगढी नगरपालिकाको आगामी आर्थिक वर्ष २०७४/७५ का लागि नगरकार्यपालिकाबाट नगरसभामा पेस हुने निती तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

निती तथा कार्यक्रममा नगरको सम्पुर्ण सम्बृद्धिको कार्यक्रम समावेस गरिएको नगर प्रमुख ओझाले बताएका छन् । नगरसभाबाट नगरपालिकाको आर्थिक विकासका लागि कृषि तथा पशुपालन, उद्योग तथा बाणिज्य, पर्यटन, संस्कृति, सहकारी र वित्तीय  क्षेत्रका लागि निति तथा कार्यक्रम समावेश गरिएको छ ।

जसमा कृषि पेसालाई व्यवसायिक बनाउन आधुनिकिकरण गर्ने, सित भण्डारको व्यवस्था गर्ने, कृषकलाई बाली बिमा, पशु बिमा तर्फ उन्मुख हुने निति अपलम्वन गर्ने, कुर्षी बिकासमा एकद्धार प्रणाली अपनाउने, उधोगिक क्षेत्रको स्थापना, स्थानीय धार्मीक स्थलको संरक्षण र संर्वद्धन गर्ने, डोटेली भाषाको जगेर्नाका लागि भाषा संग्राहलय स्थापनाकोलागि पहल गर्ने, खेलकुद पर्यटनमा जोड दिईने निती समावेस गरिएको छ ।

यस्तै सहिद भीमदत्त पन्तको जन्मथलो अमरगढी २ लाई आदर्श वडाको रुपमा विकास गर्दै ‘होम स्टे’ अवधारणाको विकास गर्ने, एक टोल एक सहकारीको निति अवलम्वन गर्ने, वित्तीय संस्थामा सहज पहुचको निति अवलम्वन गर्ने, सामाजिक सुरक्षा भत्ता बितरण गर्न धुम्ती बैंक संचालन गर्न पहल गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरसभाबाट नगरपालिकाको सामाजिक बिकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानि तथा सरसफाई, खेलकुद, सामाजिक सुरक्षा आदिको लागि निति तथा कार्यक्रम प्रस्तु गरिएको छ ।

जसमा निजी विद्यालयको शैक्षीक गुणस्तरमा सुधार गर्ने, यसै आर्थिक बर्षमा अमरगढी नगरपालिकालाई पुर्ण साक्षर नगरपालिका घोषणा गर्ने, आपांग मैत्रि भौतिक संरचना निर्माणमा जोड दिने, स्वास्थ्य बिमा कार्यक्रमलाई विषेश महत्व दिने, खाद्य सुरक्षामा जोड दिने, नगरपालिका भित्र एक घर एक स्वच्छ खानेपानि धाराको निति लिने, खेलकुदलाई जीवनको अभिनन अङ्गको रुपमा विकास गर्ने, अपांग, दलित असहायको सामापजक जिवनको सुरक्षाको सुनिश्चीत गर्ने, रोजगार सुचनाकेन्द्र मार्फत जव बैंकको स्थापना गर्ने निति तथा कार्यक्रममा समावेश गरिएको छ ।

पूर्वाधार बिकासका लागि सडक, सिंचाइ, भवन तथा सहरिकरण बिकास, सचांर, बैकल्पीक उर्जा आदिको विकास गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ