श्याम थापा/सुस्ता ३१, साउन । नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाको आर्थिक बर्ष ०७४/०७५ को बार्षिक कार्यक्रम तथा बजेट सम्बन्धि प्रथम गाउँ सभा भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

श्याम थापा/सुस्ता ३१, साउन । नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाको आर्थिक बर्ष ०७४/०७५ को बार्षिक कार्यक्रम तथा बजेट सम्बन्धि प्रथम गाउँ सभा भएको छ । 

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीको सुस्ता गाउँपालिकाको बजेट ३० करोड बढी सार्वजनिक

३१ श्रावण २०७४, मंगलवार ११:२१


श्याम थापा/सुस्ता ३१, साउन । नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाको आर्थिक बर्ष ०७४/०७५ को बार्षिक कार्यक्रम तथा बजेट सम्बन्धि प्रथम गाउँ सभा भएको छ । 

सुस्ता गाउँपालिकाले कुल ३० करोड २६ लाख ५३ हजार बजेट बिनियोजित गरिएको छ । सुस्ता गाउँपालिका कार्यालय कुडिया नवलपरासीको आयोजनामा भएको गाउँ सभा कार्यक्रममा सुस्ता गाउँपालिकाको अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षतामा रहेको थियो । 

सभाले चालु आर्थिक बर्ष ०७४–७५ का लागि गाउपालिका भित्र संचालन हुने योजनाहरु पारित गरेको छ । योजना वडा स्तरबाट छलफल गरी जनप्रतिनिधि मार्फत गाउपालिकामा पेश गरीएको थियो । वडा स्तर बाट आएका योजनालाई गाउ सभामा समेटेर पारित गरिएको हो । 

सुस्ता गाउँपालिकामा कुल ३० करोड २६ लाख ५३ हजार बराबरको रकम गाउपालिकाले सवैभन्दा बढि सडक योजनालाई प्राथमिकता दिएको छ भने शिक्षा ,भौतिक संरचना,लागुपदार्थ दुब्र्यसनी न्यूनिकरण ,कृषि तथा पसुपालन, लक्षित बर्ग, विपद जोखिम न्यूनिकरणका लागि समेत बजेट विनियोजन गरिएको छ । 


सो गाउँ सभा कार्यक्रममा सुस्ता गाउँपालिकाको बजेट तथा कार्यक्रम नितिको प्रतिबेदन सुस्ता गाउँपालिका कार्यालयका कार्यकारी अधिकृत जिवलाल श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । सुस्ता गाउँपालिका अन्र्तगत स्वास्थ्य शाखाका बार्षिक बजेट तथा कार्यक्रमको प्रतिबेदन सुस्ता गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी मुक्ति बस्याल,सुस्ता गाउँपालिका कृषि शाखाको बार्षिक बजेट तथा कार्यक्रम प्रतिबेदन प्रस्तुत सुस्ता गाउँपालिका कृषि शाखा कार्यालयका सयोजक रामकृष्ण रौनियारले प्रस्तुत गर्नु भएको थियो । 

सो अवसरमा सुस्ता गाउँपालिकाको वडा न.१ वडा अध्यक्ष अशोक कुमार चौधरी,सुस्ता गाउँपालिका वडा न.५ का वडा अध्यक्ष प्रभुनाथ अहिर,संचारकर्मी श्याम थापा,रेडियो दौउतरीका नारायण भण्डारीले शुभकामना साथै सम्रगरुपमा सुस्ताको बिकास हुने मन्तब्यमा जोड दिनु भएको थियो । 

कार्यक्रमको सञ्चालन सुस्ता गाउँपालिका स्वास्थय शाखाका सयोजक क्रृषिराज काफ्लेले गर्नु भएको थियो भने स्वागत मन्तब्य गाउँपालिकाका उपाअध्यक्ष इन्दु कुमारी थरुनीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ