श्याम थापा/सुस्ता ३१, साउन । नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाको आर्थिक बर्ष ०७४/०७५ को बार्षिक कार्यक्रम तथा बजेट सम्बन्धि प्रथम गाउँ सभा भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

श्याम थापा/सुस्ता ३१, साउन । नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाको आर्थिक बर्ष ०७४/०७५ को बार्षिक कार्यक्रम तथा बजेट सम्बन्धि प्रथम गाउँ सभा भएको छ । 

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीको सुस्ता गाउँपालिकाको बजेट ३० करोड बढी सार्वजनिक

२०७४, ३१ श्रावण मंगलवार ११:२१


श्याम थापा/सुस्ता ३१, साउन । नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाको आर्थिक बर्ष ०७४/०७५ को बार्षिक कार्यक्रम तथा बजेट सम्बन्धि प्रथम गाउँ सभा भएको छ । 

सुस्ता गाउँपालिकाले कुल ३० करोड २६ लाख ५३ हजार बजेट बिनियोजित गरिएको छ । सुस्ता गाउँपालिका कार्यालय कुडिया नवलपरासीको आयोजनामा भएको गाउँ सभा कार्यक्रममा सुस्ता गाउँपालिकाको अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षतामा रहेको थियो । 

सभाले चालु आर्थिक बर्ष ०७४–७५ का लागि गाउपालिका भित्र संचालन हुने योजनाहरु पारित गरेको छ । योजना वडा स्तरबाट छलफल गरी जनप्रतिनिधि मार्फत गाउपालिकामा पेश गरीएको थियो । वडा स्तर बाट आएका योजनालाई गाउ सभामा समेटेर पारित गरिएको हो । 

सुस्ता गाउँपालिकामा कुल ३० करोड २६ लाख ५३ हजार बराबरको रकम गाउपालिकाले सवैभन्दा बढि सडक योजनालाई प्राथमिकता दिएको छ भने शिक्षा ,भौतिक संरचना,लागुपदार्थ दुब्र्यसनी न्यूनिकरण ,कृषि तथा पसुपालन, लक्षित बर्ग, विपद जोखिम न्यूनिकरणका लागि समेत बजेट विनियोजन गरिएको छ । 


सो गाउँ सभा कार्यक्रममा सुस्ता गाउँपालिकाको बजेट तथा कार्यक्रम नितिको प्रतिबेदन सुस्ता गाउँपालिका कार्यालयका कार्यकारी अधिकृत जिवलाल श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । सुस्ता गाउँपालिका अन्र्तगत स्वास्थ्य शाखाका बार्षिक बजेट तथा कार्यक्रमको प्रतिबेदन सुस्ता गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी मुक्ति बस्याल,सुस्ता गाउँपालिका कृषि शाखाको बार्षिक बजेट तथा कार्यक्रम प्रतिबेदन प्रस्तुत सुस्ता गाउँपालिका कृषि शाखा कार्यालयका सयोजक रामकृष्ण रौनियारले प्रस्तुत गर्नु भएको थियो । 

सो अवसरमा सुस्ता गाउँपालिकाको वडा न.१ वडा अध्यक्ष अशोक कुमार चौधरी,सुस्ता गाउँपालिका वडा न.५ का वडा अध्यक्ष प्रभुनाथ अहिर,संचारकर्मी श्याम थापा,रेडियो दौउतरीका नारायण भण्डारीले शुभकामना साथै सम्रगरुपमा सुस्ताको बिकास हुने मन्तब्यमा जोड दिनु भएको थियो । 

कार्यक्रमको सञ्चालन सुस्ता गाउँपालिका स्वास्थय शाखाका सयोजक क्रृषिराज काफ्लेले गर्नु भएको थियो भने स्वागत मन्तब्य गाउँपालिकाका उपाअध्यक्ष इन्दु कुमारी थरुनीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै