२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

किसानका लागि २८ अर्ब वजेट विनियोजन

१६ जेष्ठ २०८२, बिहीबार २२:१२

जनकपुरधाम । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा रासायनिक मल खरिद गर्न तथा बाँझो जमिनको उपयोग र उखु किसानको समस्या समाधानका लागि रु २८ अर्ब वजेट विनियोजन गर्नुभएको छ ।

अहिले वैदेशिक रोजगारी तथा कृषिमा न्यून उत्पादन र लगानी बढेका कारण किसान पलायन हुने अवस्था रहेको अवस्थामा यसबाट किसानलाई केही राहत पुगेको छ । अर्थमन्त्री पौडेलद्वारा आज सङ्घीय संसद्मा प्रस्तुत बजेटको स्वागत गरिएको छ ।

धनुषाको ढल्केवरका रामपुकार महतोले मलको समस्या समाधानका लागि बजेट विनियोजन भएकामा खुसी व्यक्त गर्नुभयो । बाँझो जमिनको उपयोग गर्ने सम्बन्धमा भएको घोषणाबाट किसानलाई राहत मिलेको उहाँको भनाइ छ ।

जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले बजेट समग्रमा राम्रो भएको र अब यसको कार्यावन्यनमा जानुपर्नेमा जोड दिनुभयो । तराईमा हुलाकी सडक निर्माण, काठमाडौँ–तराइ मधेस द्रूतमार्गको निमार्ण तथा तराई मधेसको जिल्ला सदरमुकामदेखि सीमावर्ती नाकासम्मको सडक निर्माणको घोषणा सराहनीय भएको उहाँले बताउनुभयो ।

साथै तराईको विपद् व्यवस्थापन, कृषि क्षेत्रको विकास, कृषिमा उद्यम तथा रोजगारी उद्योगको विकास तथा संरक्षणका साथै पर्यटन विकास र आयात/निर्यातलाई व्यवस्थित बनाउने कार्य महत्वपूर्ण रहेको प्रा डा योगेन्द्र यादवले बताउनुभयो । विगतमा बजेटको आकार ठूलो हुने तर कार्यावन्यन नहुने जस्तो समस्या हटाउनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला