२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजारमा दोहोरो अंकको गिरावट, ९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

२०८२, २६ जेष्ठ आईतवार १५:५६

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.०६ अंकले घटेर २,६२९.८९ विन्दुमा अडिएको छ।

गत बिहीबार (अघिल्लो साताको अन्तिम कारोबार दिन) नेप्से ५.९९ अंकले घटेर २,६४०.९६ विन्दुमा बन्द भएको थियो। सो दिन ७ अर्ब ९७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

आइतबार ३१३ कम्पनीका १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता सेयर ९ अर्ब १३ करोड ७४ लाख रुपैयाँभन्दा बढीमा कारोबार भए। बजारमा दोहोरो अंकको गिरावट देखिए पनि दुई कम्पनी—रिभर फल्स र पियोर इनर्जी—को सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ।

यस दिन चिलिमे हाइड्रोपावर र छ्यांदी हाइड्रोपावरको सेयर ८.०१ प्रतिशतले वृद्धि भयो भने हिमालयन पावरको सेयर मूल्य ७.९५ प्रतिशतले उकालो लाग्यो।
विपरीत रूपमा, ओम मेघाश्री फार्मास्युटिकल्सका लगानीकर्ताले सबैभन्दा ठूलो क्षति व्यहोरेका छन्। सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा राधी विद्युत शीर्ष स्थानमा रह्यो। कम्पनीको ७२ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।
त्यस्तै, युनिभर्सल पावरको ६२ करोड, नगदी ग्रुपको ६१ करोड, बुटवल पावर र सानिमा माइ हाइड्रोपावरको ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कारोबारमा समावेश भएका ८६ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १६२ कम्पनीको मूल्य घटेको छ।
समग्रमा बजार नकारात्मक देखिए पनि होटेल तथा पर्यटन र हाइड्रोपावर समूहका उपसूचकहरू भने सकारात्मक अवस्थामा देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण