सन्तोष गौतम। भदौ १५,मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । 

माउन्ट कै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोष गौतम। भदौ १५,मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । 

माउन्ट कै"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुस्ताङको थापाखोला जलविद्युतको परीक्षण उत्पादन शुरु

२०७४, १५ भाद्र बिहीबार ०७:३७

सन्तोष गौतम। भदौ १५,मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । 

माउन्ट कैलाश इनर्जी प्रा.लि.ले निर्माण गरेको १३.६ मेगावाट क्षमताको आयोजनाले विद्यु्त उत्पादन शुरु गरेको हो । परीक्षण सफल भएपछि उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने आयोजनाका साइट व्यवस्थापक सुदीप खड्काले बताउनुभयो । 

“बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र उपकरण जडान सकिएपछि परीक्षण उत्पादन शुरु गरेका हौँ ” खड्काले भन्नुभयो “भदौ अन्तिममा केन्द्रीय लाइनमा बिजुली जोड्ने तयारी छ ।” 

आयोजनाले उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रसारण लाइन र दुईवटा सवस्टेशन बनाएको छ । कोवाङ र दानामा सवस्टेशन बनाएको हो । यो आयोजना धौलागिरि क्षेत्रमा हालसम्म सञ्चालन भएकामध्ये दोस्रो ठूलो हो । 

चार वर्षमा आयोजना निर्माण पूरा भएको हो । टुकुचे हिमालको फेदीमा बाँध रहेको आयोजनाको एक हजार ८३३ मिटर सुरुङ र ७५० लामो पाइपमार्फत पानीलाई टर्बाइनमा खसालिएको छ । बेनी–जोमसोमसडकको टुकुचेखण्डभन्दा करिब ५०० मिटरभित्र आयोजनाको विद्युत्गृह छ । 

आयोजना निर्माणस्थल भौगोलिकरुपमा विकट क्षेत्रमा अवस्थित छ । रु दुई अर्ब ५६ करोडको लागतमा आयोजना निर्माण भएको प्रबन्ध निर्देशक भरत खड्काले जानकारी दिनुभयो । भौगोलिक विकटता, प्राविधिक पक्ष परिवर्तन हुनु, भूकम्प, नाकाबन्दीका कारण अनुमान गरेकोभन्दा रु १२ करोड लागत बढेको कम्पनीले जनाएको छ । 

भूकम्प, नाकाबन्दी र बैसरीको पहिरो तथा बेगखोलाको बाढीका कारण निर्माण सामग्री आपूर्तिमा समस्या हुँदा निर्माण अवधि एक वर्षपछि धकेलिएको प्रबन्ध निर्देशक खड्काले बताउनुभयो । 

आयोजनाले सर्वसाधारणका लागि रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने जनाएको छ । शेयर निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट्ससँग सम्झौता गरेको छ । 

थापाखोलाबाट उत्पादित विद्युत् म्याग्दी हँुदै केन्द्रीय प्रसारण लाइनमा जोडिने भएकाले म्याग्दीमा भइरहेको अनियमित विद्युत् आपूर्तिको समस्या समाधान हुने अपेक्षा गरिएको छ । मिलनचोक सवस्टेशनको क्षमताले माग धान्न नसकेर तथा पर्वत—बागलुङ क्षेत्रमा प्रसारण लाइनमा खराबी आउँदा विद्युत् कटौती हुने समस्या थापाखोला जोडिएपछि समाधान हुने नेपाल विद्युत् प्राधिकरण बेनी शाखाले जनाएको छ । 

हाल चार एमभिए क्षमताको ट्रान्सफर्मर रहेको मिलनचोक सव स्टेशनमा आठ एमभिए क्षमताको ट्रान्सफर्मर जडानको तयारी भइरहेको बताउँदै केन्द्रका प्रमुख सीताराम शाहले थापाखोलाको विद्युत् केन्द्रीय प्रसारणमा जोडिएपछि म्याग्दीमा विद्युत् आपूर्ति सहज हुने जानकारी दिनुभयो । रासस (फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो