२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओ नरोक्न अर्थ समितिको निर्देशन

२०८२, ३१ जेष्ठ शुक्रबार १८:१४

काठमाडौँ । प्रतिनिधिसभाको अर्थ समितिले नेपाल धितोपत्र बोर्डलाई ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीहरूको आईपीओ निष्कासन नरोक्न निर्देशन दिएको छ।

यसअघि सार्वजनिक लेखा समितिले २०८१ जेठमा यस्तो कम्पनीलाई आईपीओ अनुमति नदिन निर्देशन दिएको थियो। तर, उक्त निर्देशनलाई पुनर्विचार गर्दै अर्थ समितिले बोर्डलाई विपरीत आशयको पत्र पठाएको हो।

धितोपत्र बोर्डका सहप्रवक्ता तोलाकान्त न्यौपानेका अनुसार, अर्थ समितिबाट प्राप्त पत्र दर्ता गरिएको छ र बोर्डको सञ्चालक समितिमा छलफल गरी आवश्यक निर्णय लिइनेछ।

अर्थ समितिकी सचिव रेखा उपाध्याय खनालले १९ गतेको समितिको निर्णय बिहीबार माइन्युट गरिएको बताइन्। उनले लेखा समितिको निर्देशन कानुनअनुसार नभएको देखिएपछि कानुनसम्मत प्रक्रिया अनुसार अघि बढ्न निर्देशन दिइएको स्पष्ट पारिन्।

धितोपत्र बोर्डले यसअघि ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीहरूलाई पाइपलाइनबाट हटाइसकेको छ। तर, बोर्डले नै प्रष्ट पारेको छ कि हालको कानुनमा नेटवर्थको कुनै न्यूनतम सीमा तोकिएको छैन।

अर्थ समितिको निर्देशन पनि यसै कानुनी जवाफको आधारमा आएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण