३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कञ्चनपुरका ईटा व्यवसायीद्वारा दोहोरो कर हटाउन माग

१९ भाद्र २०७४, सोमबार १४:१९

भदौँ १९, कञ्चनपुर | कञ्चनपुरका ईटा व्यवसायीले ‘ईटा’को दोहोरो कर हटाउन माग गरेका छन् । सोमबार कञ्चनपुरमा महाकाली इटा तथा टायल उद्योग व्यवसायी संघको पाँचौँ बार्षिक साधारण सभामा बोल्ने ईटा व्यवसायीले यस्तो दोहोरो कर हटाउन माग गरेका हुन् ।  

महाकाली इटा तथा टायल उद्योग व्यवसायी संघका निर्वतमान अध्यक्ष शंकर बहादुर चन्दले दोहोरो करका कारण व्यवसायी मारमा परेको बताए । उनका अनुसार एउटै बस्तुमा ठाउँ ठाउँमा कर लिदा व्यवसायीलाई समस्या हुने गरेको छ । ‘कच्चा पदार्थ र ईटा बनेपछि सरकारी निकायले ढुवानी गर्दा दोहोरो कर लिने गरेका छन्, ‘उनले भने, ‘यसबाट व्यवसायीमाथी दोहोरा भार पर्दछ ।’ 

इटा व्यवसायीले कोईला, माटो ढुवानी गर्दा कर तिनुपर्ने अनि ईटा बिक्रि गर्दा समेत ठाउँ ठाउँमा कर तिनुपर्ने मारबाट व्यवसायीलाई उन्मुक्ति दिन माग गरेका छन् । ईटाको काम जोखिम भएकाले व्यवसायीलाई चुनौती चुनौती रहेको उनीहरुको भनाई छ । विकास निर्माणमा ईटा व्यवसायीको महत्वपुर्ण भूमिका भएपनि राज्यस्तरबाट सहुलियत नपाएको उनीहरुको गुनासो छ ।

 जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष फैरु तामाङ्गले ईटा व्यवसायीको समस्या स्थानीय तह मार्फतबाट सकिने विषयलाई आफुले प्रयास गर्ने आवश्वासन दिएका छन् । कार्यक्रममा महाकाली इटा तथा टायल उद्योग व्यवसायी संघले जिल्ला समन्वय समिति कञ्चनपुरका नव निर्वाचित प्रमुख फैरु तामाङ्गलाई समेत सम्मान गरेका छन् । 

तामाङ्ग ईटा व्यवसायी तथा संघका पुर्व उपाध्यक्ष भएकाले सम्मान गरिएको महाकाली इटा तथा टायल उद्योग व्यवसायी संघका निर्वतमान अध्यक्ष शंकर बहादुर चन्दले बताए । उनका अनुसार प्रमुख तामाङ्गलाई प्रसंसा पत्र दिदै दोसल्लाले ओढाएर सम्मान गरिएको छ । महाकाली इटा तथा टायल उद्योग व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष प्रकास बहादुर रावलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा यहाँका ईटा तथा टायल व्यवसायीहरुको सभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ