२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तुको वाणगंगा नपाको बजेट रु ६७ करोड ३३ लाख

२० भाद्र २०७४, मंगलवार ०६:१९

 भदौ २०, कपिलवस्तु। जनसंख्याको आधारमा कपिलवस्तुको सबैभन्दा ठूलो नगरपालिका वाणगंगा नगरपालिकाको पहिलो नगरसभाले आव २०७४/७५ लागि करिब रु ६७ करोड ३३ लाख बजेट विनियोजन गरेको छ । 

नगर प्रमुख मंगलप्रसाद थारुले सोमबार भएको प्रथम नगरसभामा पेश गर्नु भएको रु ६७ करोड ३३ लाख ५९ हजार ९३६ को बजेट स्वीकृत भई विनियोजन भएको हो । 

यसमध्ये चालू खर्चतर्फ ४५ प्रतिशत अर्थात् रु ३० करोड नौ लाख ६४ हजार विनियोजन भएको छ । पुँजीगत खर्चतर्फ रु ३७ करोड २३ लाख ९५ हजार ९३६ रकम विनियोजन भएको छ जुन रकम कूल बजेटको ५५ प्रतिशत हो । 

वडास्तरीय कार्यक्रमका लागि रु ११ करोड, नगरका भौतिक सडक, खानेपानी, सिँचाइ, नदी नियन्त्रणजस्ता ठूला पूर्वाधार कार्यक्रमका लागि रु १६ करोड रकम छुट्याइएको छ । 

वडा तथा नगरपालिकाको भौतिक निर्माणका लागि रु एक करोड ३० लाख, मर्मत सम्भार कोषका लागि रु २५ लाख र दैवी प्रकोप कोषका लागि रु १५ लाख रकम विनियोजित भएको उपप्रमुख चक्रपाणि अर्यालले जानकारी दिनुभयो । 

नगरपालिकाको भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, समग्र विकासका लागि २५ वर्षे बृहत् गुरुयोजना तयार गरिने भएको छ । 

सोही गुरुयोजनाका आधारमा क्षेत्रगतरुपमा विभिन्न आवधिक तथा अल्पकालीन योजना तयार गरी एक समृद्ध नगर निर्माणको अभियानलाई अगाडि बढाउने उद्देश्यका साथ नीति तथा कार्यक्रम प्रस्ताव भएको सो अवसरमा नगर प्रमुख थारुले जानकारी गराउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै