२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तुको वाणगंगा नपाको बजेट रु ६७ करोड ३३ लाख

२०७४, २० भाद्र मंगलवार ०६:१९

 भदौ २०, कपिलवस्तु। जनसंख्याको आधारमा कपिलवस्तुको सबैभन्दा ठूलो नगरपालिका वाणगंगा नगरपालिकाको पहिलो नगरसभाले आव २०७४/७५ लागि करिब रु ६७ करोड ३३ लाख बजेट विनियोजन गरेको छ । 

नगर प्रमुख मंगलप्रसाद थारुले सोमबार भएको प्रथम नगरसभामा पेश गर्नु भएको रु ६७ करोड ३३ लाख ५९ हजार ९३६ को बजेट स्वीकृत भई विनियोजन भएको हो । 

यसमध्ये चालू खर्चतर्फ ४५ प्रतिशत अर्थात् रु ३० करोड नौ लाख ६४ हजार विनियोजन भएको छ । पुँजीगत खर्चतर्फ रु ३७ करोड २३ लाख ९५ हजार ९३६ रकम विनियोजन भएको छ जुन रकम कूल बजेटको ५५ प्रतिशत हो । 

वडास्तरीय कार्यक्रमका लागि रु ११ करोड, नगरका भौतिक सडक, खानेपानी, सिँचाइ, नदी नियन्त्रणजस्ता ठूला पूर्वाधार कार्यक्रमका लागि रु १६ करोड रकम छुट्याइएको छ । 

वडा तथा नगरपालिकाको भौतिक निर्माणका लागि रु एक करोड ३० लाख, मर्मत सम्भार कोषका लागि रु २५ लाख र दैवी प्रकोप कोषका लागि रु १५ लाख रकम विनियोजित भएको उपप्रमुख चक्रपाणि अर्यालले जानकारी दिनुभयो । 

नगरपालिकाको भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, समग्र विकासका लागि २५ वर्षे बृहत् गुरुयोजना तयार गरिने भएको छ । 

सोही गुरुयोजनाका आधारमा क्षेत्रगतरुपमा विभिन्न आवधिक तथा अल्पकालीन योजना तयार गरी एक समृद्ध नगर निर्माणको अभियानलाई अगाडि बढाउने उद्देश्यका साथ नीति तथा कार्यक्रम प्रस्ताव भएको सो अवसरमा नगर प्रमुख थारुले जानकारी गराउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न