टेक शाही/भदौ २३, डोल्पा । डोल्पाको जुफाल बिमानस्थलमा ३ महिना पछि परिक्षण उडान भएको छ । 

शुक्रबार बिहान ९: १५ बजे तारा यएरको ९ एनएबिएम जहाजले परि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/भदौ २३, डोल्पा । डोल्पाको जुफाल बिमानस्थलमा ३ महिना पछि परिक्षण उडान भएको छ । 

शुक्रबार बिहान ९: १५ बजे तारा यएरको ९ एनएबिएम जहाजले परि"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुफाल बिमानस्थल तीन महिनापछि संचालन (फोटोफिचर)

२३ भाद्र २०७४, शुक्रबार ०८:१७


टेक शाही/भदौ २३, डोल्पा । डोल्पाको जुफाल बिमानस्थलमा ३ महिना पछि परिक्षण उडान भएको छ । 

शुक्रबार बिहान ९: १५ बजे तारा यएरको ९ एनएबिएम जहाजले परिक्षण उडान गरेको जुफाल बिमानस्थल कार्यालयले जानकारि दिएको छ । 

तारा यएरका बरिष्ठ क्याप्टेन प्रभाकर घिमिरे,क्याप्टेन बसन्त लामा,अप्रेसन अफिसर सौर्हाद बजगाँइ,यएर होस्टेज जेनी शेर्पा र नागरिक उड्यन प्राधिकरण नेपालगञ्जका प्रमूख प्रताब बाबु तिवारि सहित ५ जनाको टोलीले जुफाल बिमान स्थलामा परिक्षण उडान गरेको ताराय यएरका डोल्पा इष्टेशन इन्चार्ज यज्ञ शाहीले जानकारि दिए  । 

कालो पत्रेको लागि गएको असार १ गते देखि बिमानस्थल बन्द गरिएको थियो । ५ सय ६० मिटर धावनमार्ग रहेको जुफाल बिमानस्थलमा कालिका सिद्धि साइ कन्सट्रक्सन जेवीले कालो पत्रेको लागि जिम्मा लिएको प्राधिकरणका इन्जीनियर बिर प्रशाद शाहीले बताए । 

परिक्षण उडान राम्रो भएको र डोल्पामा सोचे अनूरुप धावनमार्ग बनेकोले अब कुनै पनि बिमान कम्पनीका टवीनवटर र लेट जहाजले उडान भर्न सक्ने क्याप्टेन प्रभाकर घिमिरेले बताए । उनका अनुसार प्रयोगमा आएको धावनमार्ग राम्रो भएको र अब ढुक्का साथ पाइलटले उडान गर्न सक्छ भने । 


हाल डोल्पामा उडान भर्दै आएका जहाज कम्पनीका जहाजले उडान भर्ने र डोनीयर जहाजको लागि भने डोनीयर आफैले नै परिक्षण उडान भर्नु पर्ने त्यसका साथै उनिहरुका लागि प्राबिधिक कठिनाइ बारे पत्तो लाग्ने क्याप्टेन बसन्त लामाले बताए । उनले भने अन्य जहाजका लागि धावनमार्ग ठिक छ तर डोनियरका लागि अफुले भन्न नँसक्ने बताए । 

बिभिन्न समस्याका बावजुद पनि धावनमार्ग कालो पत्रे भएको र अब उडान भर्न सक्ने सबै जहाज कम्पनीले डोल्पाको जुफाल बिमानस्थलमा उडान भर्नेमा ढुक्क हुन नागरिक उड्यन प्राधिकरण नेपालगञ्जका प्रमूख प्रताब बाबु तिवारिले सबैलाइ जानकारी गराए । उनले भने सिता यएर,तारा,मकालु,गोमाको लेट बिमान र अन्य जहाजले दैनिक उडान भर्नुका साथै अब जहाज कम्पनीले पहिलेको जस्तो दुख भोग्ने दिनको अन्त्य भएको बताए । 

कालोपत्रे र परिक्षण उडान सँगै डोल्पा नेपालगञ्ज र डोल्पा काठमाण्डौको हवाइ भाडादर घटेको छ । डोल्पा नेपालगञ्जको लागि ३ हजार ६ सय ७५ बाट ६० रुपैया घटाइएको छ भने डोल्पा काठमाण्डौको लागि ७ हजार ७ सय ५० बाट १ सय रुपैया घटाइएको तारा यएरका डोल्पा इन्चार्ज यज्ञ शाहीले जानकारि दिए । 


शुक्रबारको परिक्षण उडानमा १३ जना यात्रुले नेपालगञ्जका लागि पहिलो यात्रा गरेका छन । करिव ३ महिना पछि हवाइ यातायात सुचारु हुने भए पछि डोल्पालीहरु खुसि मनाएका छन । जहाजमा आएका ५ जनाको टोलीलाइ स्थानियले माला राइकाले स्वागत गरेका थिए । अब दैनिक उडान हुने भए पछि डोल्पालीले अकालमा मृत्यू हुन नपर्ने स्थानिय बासि बालकृण डाँगीले बताए । उनले भने अब ब्यावसाय पनि बढने कुरामा आसाबादि छौ ।

डोल्पालीको समस्यालाइ मध्यनजर गर्दै हवाइ यातायात सूचारु गरे पनि धावन मार्गको ५५ मिटर र पार्किङ्गको ६०÷४० मिटर भने कालोपत्रे हुन बाँकी रहेको प्राबिधिक बिर प्रशाद शाहीले जानकारि दिए । उनका अनुसार ब्रेकरमा समस्या आएकोले मर्मत गर्न २ दिन लाग्ने र तत्काल सबै काम सूचारु गरि २० दिनमा काम सम्पन्न गर्ने बताए । 

धावनमार्गमा ५५ मिटर बाँकी रहेको भए पनि डोनीयरलाइ समेत असर नपर्ने र सबै धावनमार्ग प्रयोगमा आउने क्याप्टेन प्रभाकर घिमिरेले जानकारि दिए । सानो भागले केहि दिनको लागि उडानमा समस्या नहुने उनले बताए । दैनिक जहाज उडान हुने भए पछि डोल्पालीहरुको एक मात्र यातायातको माध्यायम खुल्ला भएको छ । करिब ३ मनिा सम्म डोल्पामा आन्तरिक नाका बन्दीमा परेका थिए । 

तस्बिर: टेक शाही, डोल्पा, साझा सबाल 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक