२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मौद्रिक नीतिमार्फत केन्द्रीय बैङ्कले रोक्न खोजेका दुई जोखिम

२०८२, २७ असार शुक्रबार १५:१३

काठमाडौँ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा देशको आर्थिक स्थायित्व सुनिश्चित गर्न दुई मुख्य जोखिमलाई सम्बोधन गर्ने उल्लेख गरिएको छ।

पहिलो, निक्षेपको वास्तविक ब्याजदर नकारात्मक हुन नदिनेतर्फ ध्यान दिइएको छ, जसले गर्दा बचतकर्ताको हित सुरक्षित हुनेछ। दोस्रो, पुँजी निर्माणमा प्रत्यक्ष योगदान पुर्‍याउने उत्पादनमुखी क्षेत्रहरूमा वित्तीय साधन परिचालन गर्नुपर्नेमा जोड दिइएको छ।

 

पछिल्लो समय तरलता पर्याप्त भए पनि कर्जा प्रवाह उत्पादनमूलकभन्दा अन्य क्षेत्रमा केन्द्रित भएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको छैन। यस्तो अवस्थालाई ध्यानमा राख्दै नीति केही लचिलो बनाइने उल्लेख छ। साथै, अघिल्लो नेतृत्वमा लिइएका गैरपरम्परागत मौद्रिक उपायहरूले मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिमा दबाव सिर्जना गरेको स्वीकार गरिएको छ।

ब्याजदर करिडोरको प्रभावकारिता उल्लेख गर्दै यसको दायरा घटाइ अंतर साँघुरो बनाउनुपर्ने र अन्तर्राष्ट्रिय अभ्यासअनुसार सुधार आवश्यक देखिएको छ। खुला बजार कारोबार सुधार गरी अल्पकालीन ब्याजदरहरू नियन्त्रणमा राख्ने नीति समेत समावेश गरिएको छ। कोभिडपछिको परिस्थितिमा घट्दो पुँजी निर्माण, निजी क्षेत्रको न्यून लगानी तथा कुल स्थिर पुँजी निर्माणको गिरावटलाई पनि चिन्ताको विषय मानी, उत्पादनमुखी क्षेत्रमा पुनः प्राथमिकता दिइने छ।

 

विश्व बजारमा देखिने अनिश्चितता, जस्तै तेलको मूल्य उतारचढाव, व्यापार असहजता र भूराजनीतिक तनावले पार्न सक्ने प्रभावलाई ध्यानमा राख्दै मौद्रिक व्यवस्थापनमा सावधानी अपनाइने उल्लेख छ।

समग्रमा, यो मौद्रिक नीति ब्याजदर सन्तुलन, उत्पादनशील क्षेत्रमा लगानी प्रवाह, र समष्टिगत आर्थिक स्थायित्वमा केन्द्रित छ। वित्तीय अनुशासनलाई बलियो बनाउने, मूल्य स्थिरता कायम राख्ने र दीर्घकालीन पुँजी निर्माणमा टेवा पुर्‍याउने उद्देश्यका साथ नीति अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी