३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

थप छ जिल्लामा बालपोषण भत्ता वितरण गरिने

२५ भाद्र २०७४, आईतवार १०:०३

भदौ २५, काठमाडौँ। सरकारले यस वर्ष थप छ जिल्लाका बालबालिकालाई बालपोषण भत्ता वितरण गर्न थालेको छ । 

केन्द्रीय पञ्जीकरण विभागले अति गरिबीको सूचाङ्कमा रहेका जिल्लाका बालबालिकालाई बालपोषण भत्ता वितरण गर्ने तयारी थालेको विभागका महानिर्देशक अनिलकुमार ठाकुरले जानकारी दिनुभयो । विभागले ५ वर्षमुनिका बालबालिकालाई मासिक रु ४०० बालपोषणबाट भत्ता दिने गरेको छ । गरिब बालबालिकालाई खाजा, पोषणयुक्त उपभोग्य पदार्थ खानका लागि बालपोषण भत्ता दिँदै आएको छ । उहाँले अहिले गरिबी सूचाङ्कका रहेका जिल्ला छनोट भइरहेको बताउनुभयो । 

यसअघि विभागले गत माघदेखि बझाङ, अछाम र रौतहटका बालबालिकालाई पोषण भत्ता वितरण गरिसकेको छ । ‘‘हामीले चाँडै नै अति गरिब जिल्लाको पहिचान गरेर छनोट गर्दछौँ’’, उहाँले भन्नुभयो, ‘‘अनि छनोट भएका जिल्लाका बालबालिकाको नामावली पठाउन स्थानीय तहलाई निर्देशन दिनेछौँ ।’’ 

महानिर्देशक ठाकुरका अनुसार अति गरिबीको सूचाङ्कमा परेका कैलाली, बाजुरा, सर्लाही, महोत्तरीलगायत जिल्ला रहे पनि अन्य दुई जिल्लाबारे निर्णय हुन बाँकी छ । नामावली संकलन भइसकेपछि विभागले अर्थ मन्त्रालसँग रकम माग गर्नेछ । विभागले जागिर भएका, व्यवसाय गरेका अभिभावकका बालबालिकाबाहेक सबैलाई बालपोषण भत्ता उपलब्ध गराउने गरेको छ । स्थानीय तहबाट बालबालिकाका आमालाई उक्त भत्ता दिइनेछ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ