३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाकिस्तानी प्रदर्शनी शुरु

२८ भाद्र २०७४, बुधबार १०:००

भदौ२८, काठमाडौँ। पाकिस्तानमा निर्मित विभिन्न सामग्री (मेड इन पाकिस्तान)को आठौँ संस्करणको प्रदर्शनी त्रिपुरेश्वरस्थित ट्रेड सेन्टरमा शुरु भएको छ । 

नेपाल र पाकिस्तानबीचको आपसी सम्बन्ध तथा व्यापार अभिवृद्धि गर्ने ध्येयले आयोजित सो प्रदर्शनीमा विशेषगरी छालाका सामग्री, हस्तकलालगायतका सामग्री छन् । 

यहाँस्थित पाकिस्तानी राजदूतावासले विगत केही वर्षदेखि यस किसिमका मेलाको संयोजन गर्दै आएको छ । नेपाल–पाकिस्तानबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । पाकिस्तान दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का संस्थापन सदस्य देश हो । 

अर्काेतर्फ यी दुईदेशबीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको लामो समय बितिसक्दा पनि व्यापारमा क्षेत्रमा खासै ठूलो हिस्सा ओगट्न सकेका छैनन् । एक तथ्याङ्कअनुसार विगत पाँच वर्षमा दुईदेशका बीचमा वार्षिक चार करोड ८० लाख डलर बराबरको व्यापार भएको थियो । गत वर्ष नेपालले करिब ४५ लाख डलरबराबरको सामान पाकिस्तान निर्यात गरेको थियो । 

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा र नेपालका लागि पाकिस्तानका राजदूत मज्हर जावेदले सो प्रदर्शनीको शुभारम्भ गर्नुभएको थियो । 

सो अवसरमा मन्त्री विश्वकर्माले नेपाल र पाकिस्तानबीच दौंत्य सम्बन्ध तथा जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्न प्रदर्शनीले मद्दत मिल्ने बताउनुभयो । 

नेपाल सरकारका मुख्य सचिव राजेन्द्रकिशोर क्षत्रीले सार्कको संस्थापक सदस्य हुनाका नाताले दुई देशले व्यापार प्रवद्र्धनलाई बढाउनुपर्ने उल्लेख गर्नुभयो । 

विगत आठ वर्षदेखि हरेक वर्ष हुँदै आएको सो प्रदर्शनी सात दिन जारी रहनेछ । नेपाल–पाकिस्तान मैत्री समाजका अध्यक्ष हिमालयशमशेर राणालगायतले प्रदर्शनी सफलताको कामना गर्नुभएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ