भदौ ३०, काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना शेयर धनीलाई १५ प्रतिशत बोनस शेयर दिने भएको छ  । 

बैंकको सञ्चालक समितिको बैठकले गएको आर्थि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ३०, काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना शेयर धनीलाई १५ प्रतिशत बोनस शेयर दिने भएको छ  । 

बैंकको सञ्चालक समितिको बैठकले गएको आर्थि"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सनराइज बैंकका शेयर धनीले १५ प्रतिशत बोनस शेयर पाउने

२०७४, ३० भाद्र शुक्रबार १२:२८


भदौ ३०, काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना शेयर धनीलाई १५ प्रतिशत बोनस शेयर दिने भएको छ  । 

बैंकको सञ्चालक समितिको बैठकले गएको आर्थिक वर्षको मुनाफा र पूँजीगत जगेडा कोषमा रहेको रकमबाट १५ प्रतिशत बोनश शेयर दिने घोषणा गरेको हो ।

यो बोनस सनराइज बैंकको अहिले लिलामीमा रहेको शेयर पाउने लगानीकर्ताले समेत  हात पार्ने छन् । नबिकेको हकप्रद लिलामी भइसकेपछि कायम हुने चुक्ता पूँजी ७ अर्ब ८ करोड ९१ लाख ७९ हजार १ रुपैयाँको १५ प्रतिशत बोनश शेयर दिइने बैंकले स्पष्ट पारेको छ । 

१ अर्ब ६ करोड ३३ लाख ७६ हजार ८ सय ५० रुपैयाँ बराबरको बोनश शेयर वितरण गरेपछि बैंकको चुक्ता पूँजी ८ अर्व १५ करोड नाघ्ने छ । राष्ट्र बैंकले सबै बाणिज्य बैंकलाई चुक्त पूँजी ८ अर्व पुर्‍याउन निर्देशन दिएको थियो । 

सनराइज बैंकको बोनश शेयर वापत लाग्ने कर रकम भने शेयर धनी आफैंले तिर्नु पर्ने छ । एउटा बोनश शेयरको ७५ पैसा कर लाग्ने व्यवस्था छ । बोनश वापत लाग्ने कर रकम थोरै भए पनि यो तिर्न भने लगानीकर्ताले निक्कै झन्झट व्यहोर्नु पर्छ ।  १५ प्रतिशत बोनसको निर्णय नेपाल राष्ट्र बैंक र बैंकको साधारणसभाबाट पारित हुनु पर्ने छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने