२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अपांगमैत्री आवासीय विद्यालय बनाउन रु ६५ लाख दिइने

२०७४, १ आश्विन आईतवार ११:०३

आसोज १, काठमाडौँ। शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले अपांगता भएका केही विद्यार्थीलाई छात्रवृत्ति तथा केही अपांगमैत्री आवासीय विद्यालय निर्माणका लागि सरकारले तत्काल रु ६५ लाख छुट्ट्याएको बताउनुभएको छ ।

नेत्रहीन युवा संघ नेपालको पाँचाँै साधारणसभाको उद्घाटन गर्दै उहाँले दृष्टिविहीन विद्यार्थीलाई चित्र, गणित र विज्ञानका विषयमा अध्ययन गर्न कठिनाइ रहेकाले पाठ्यक्रममा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष बाबुराम थापाले दृष्टिविहीनलाई लक्ष्य विद्यालय तथा कलेजमा पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय अपांग महासंघका महासचिव राजु बस्नेतले अपांगता भएकाहरुलाई शिक्षासम्बन्धी नेपालले गरेको प्रतिबद्धतानुसारको व्यवस्थाको माग गर्नुभयो ।

संघका अध्यक्ष कलाधर भण्डारी, महासचिव रामचन्द्र गैरे, अपांग महिला संघका अध्यक्ष निर्मला धिताल, नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेललगायतले दृष्टिविहीन तथा न्यून दृष्टिविहीन अपांगता भएकाहरुका लागि शिक्षामा पहँुच बढाउनुपर्नेमा सहभागीले सुझाव दिनुभयो ।    रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने