२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

झापा, भद्रपुर नगरपालिकाको बजेट प्रकाशित

२०७४, ३ आश्विन मंगलवार ०६:५७

असोज ३, झापा ।भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रमसहितको प्रथम नगरसभा सम्पन्न गरेको छ  

सेवा प्राप्तिमा छिटो छरितो, भौतिक पूर्वाधारको विकास, सडक निर्माण र स्तरोन्नति, कृषि पर्यटन प्रवद्र्धन तथा कृषिको व्यवसासीकरण, वातावरण संरक्षण, रोजगारीको अवसरमा वृद्धिसहितका योजनासहित नगरप्रमुख जीवनकुमार श्रेष्ठले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । 

सभामा नगरपालिकाका उपप्रमुख चन्द्रामाया श्रेष्ठले वर्ष २०७४÷०७५ का लागि रु ६० करोड ७० लाख ६० हजार ८४० को बजेट प्रस्तुत गर्नुभयो । 

नगरसभाले वडामा जाने बजेटमा प्राथमिकता दिँदै नगरपालिकालाई प्राप्त वित्तीय समानीकरण तथा आन्तरिक आय र राजस्व बाँडफाँडबाट प्राप्त कुल बजेट रु ६० करोडको नौ प्रतिशत प्रशासनिक खर्चतर्फ, ६.२९ प्रतिशत कार्यक्रमगत खर्च, १६ प्रतिशत सामाजिक सुरक्षा खर्च, २१.६८ प्रतिशत सशर्त अनुदान, १७.१३ प्रतिशत ठूला पूर्वाधार र नगरक्षेत्र पूर्वाधार विकास कार्यक्रमतर्फ बजेट विनियोजन गरेको छ । 

त्यस्तै, ३.५४ प्रतिशत भवन निर्माणतर्फ, १.६४ प्रतिशत सवारीसाधन खरिदतर्फ १.६४ प्रतिशत मेसिनरी औजार तथा फर्निचर खरिदतर्फ, ३.०४ प्रतिशत मर्मत सम्भार कोष, समुपूरक कोषतर्फ ४.१४ प्रतिशत वित्तीय समानीकरण समावेश भएका कार्यालयतर्फ १.५९ प्रतिशत लक्षितवर्ग विकास कार्यक्रमतर्फ २.८५ प्रतिशत प्रवद्र्धनात्मक कार्यक्रमतर्फ ७.१६ प्रतिशत नगरस्तरीय र वडास्तरीय योजना सञ्चालन, ०.५४ सावाव्याज भुक्तानीतर्फ, ३.२९ प्रतिशत अघिल्लो वर्षको योजनाको भुक्तानीतर्फ बजेट विनियोजन गरिएको छ । 

कार्यक्रममा योजनाका विषयमा कार्यकारी अधिकृत काजीमान राईले जानकारी गराउनुभएको थियो । रासस    रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ