३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

झापा, भद्रपुर नगरपालिकाको बजेट प्रकाशित

३ आश्विन २०७४, मंगलवार ०६:५७

असोज ३, झापा ।भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रमसहितको प्रथम नगरसभा सम्पन्न गरेको छ  

सेवा प्राप्तिमा छिटो छरितो, भौतिक पूर्वाधारको विकास, सडक निर्माण र स्तरोन्नति, कृषि पर्यटन प्रवद्र्धन तथा कृषिको व्यवसासीकरण, वातावरण संरक्षण, रोजगारीको अवसरमा वृद्धिसहितका योजनासहित नगरप्रमुख जीवनकुमार श्रेष्ठले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । 

सभामा नगरपालिकाका उपप्रमुख चन्द्रामाया श्रेष्ठले वर्ष २०७४÷०७५ का लागि रु ६० करोड ७० लाख ६० हजार ८४० को बजेट प्रस्तुत गर्नुभयो । 

नगरसभाले वडामा जाने बजेटमा प्राथमिकता दिँदै नगरपालिकालाई प्राप्त वित्तीय समानीकरण तथा आन्तरिक आय र राजस्व बाँडफाँडबाट प्राप्त कुल बजेट रु ६० करोडको नौ प्रतिशत प्रशासनिक खर्चतर्फ, ६.२९ प्रतिशत कार्यक्रमगत खर्च, १६ प्रतिशत सामाजिक सुरक्षा खर्च, २१.६८ प्रतिशत सशर्त अनुदान, १७.१३ प्रतिशत ठूला पूर्वाधार र नगरक्षेत्र पूर्वाधार विकास कार्यक्रमतर्फ बजेट विनियोजन गरेको छ । 

त्यस्तै, ३.५४ प्रतिशत भवन निर्माणतर्फ, १.६४ प्रतिशत सवारीसाधन खरिदतर्फ १.६४ प्रतिशत मेसिनरी औजार तथा फर्निचर खरिदतर्फ, ३.०४ प्रतिशत मर्मत सम्भार कोष, समुपूरक कोषतर्फ ४.१४ प्रतिशत वित्तीय समानीकरण समावेश भएका कार्यालयतर्फ १.५९ प्रतिशत लक्षितवर्ग विकास कार्यक्रमतर्फ २.८५ प्रतिशत प्रवद्र्धनात्मक कार्यक्रमतर्फ ७.१६ प्रतिशत नगरस्तरीय र वडास्तरीय योजना सञ्चालन, ०.५४ सावाव्याज भुक्तानीतर्फ, ३.२९ प्रतिशत अघिल्लो वर्षको योजनाको भुक्तानीतर्फ बजेट विनियोजन गरिएको छ । 

कार्यक्रममा योजनाका विषयमा कार्यकारी अधिकृत काजीमान राईले जानकारी गराउनुभएको थियो । रासस    रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ