संस्थानले प्रतिकिलो बोका रु ४५०, खसी रु ४५५ र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

संस्थानले प्रतिकिलो बोका रु ४५०, खसी रु ४५५ र "/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खाद्य संस्थानले गर्यो खसीबोकाको मूल्य निर्धारण

२०७४, ५ आश्विन बिहीबार ०८:२०

असोज ५, काठमाडौँ । नेपाल खाद्य संस्थानले दशैँका लागि खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । 


संस्थानले प्रतिकिलो बोका रु ४५०, खसी रु ४५५ र च्याङ्ग्रा रु ६७५ मूल्य निर्धारण गरी आजदेखि बिक्री वितरण गर्दैछ । दशैँका बेलामा मासुको मूल्यलाई नियन्त्रण गर्न संस्थानले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट स्वस्थ खसीबोका तथा च्याङ्ग्रा काठमाडौँमा ल्याउने गर्दछ । 

संस्थानका वाग्मती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले अहिले मुस्ताङबाट ५०० च्याङ्ग्रा आइसकेकाले त्यसलाई बिक्री गरिने जानकारी दिँदै अरु ५०० च्याङ्ग्रा आउने क्रममा रहेको बताए। 

दाङ र हेटौँडाबाट एकहजार ५०० खसी ल्याउन लागेकोमा वर्षाका कारण केही बाटोमा रोकिएका छन् भने २०० खसी काठमाडौँमा आइसकेका छन् । 

यही असोज १० गतेसम्म थापाथलीस्थित संस्थानको गोदामबाट बिक्री वितरण गरिने प्रमुख न्यौपानेले जानकारी दिए । अहिले गोदाममा खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न आउनेको चहलपहल बढेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने