परासी बजारका मुख्य बुद्धचोक, महे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

परासी बजारका मुख्य बुद्धचोक, महे"/>

२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासी बजारको सडकमा परेका खाल्ड मर्मतमा किन दिइएन चासो ?

२०७४, ६ आश्विन शुक्रबार १६:०९

असोज ६, नवलपरासी । नवलपरासीको सदरमुकाम परासी बजारको विभिन्न ठाउँमा सडक फुटेका छन् जसको मर्मत कार्य अझै हुन सकेको छैन । 


परासी बजारका मुख्य बुद्धचोक, महेसपुर चोक, बाईपास, झरहीखोला, नगरपालिका चोक, पोखरापाली र लोकतान्त्रिक लगायतका चोकहरुमा कालोपत्रे फुटेर खाल्टाखुल्टी भएका छन् तर यस तर्फ रामग्राम नगरपालिकाको ध्यान पुग्न सकेको छैन ।

रामगं्राम नगरपालिका भित्र पर्ने सदरमुकाम परासी बजारका यि चोक सहित विभिन्न ठाउँमा सडक फुटेपछि यात्रुहरुलाई निकै समस्या भएको गुनासो गरे । गत असारमा भएको भारी बर्षाले कमजोर बनेको सडकमा ठुलाठुला सवारी साधनहरु गुडेपछि सडक फुटेका हुन् । सडक फुटेको दुई महिना वितिसक्दापनि नगरपालिकाको ध्यान पुगेको छैन ।

थोरै फुटेका सडकमा नगरपालिकाको लापरवाहीले दिनप्रतिदिन सडक फुटदै गएको छ जसले बाटो हिलाम्मे हुनुका साथै सवारी साधन एवं पैदल यात्री समेतलाई सास्ती भैरहेको बताए । परासी बजारमा फुटेका सडकहरु मर्मतमा नगरपालिकाको ध्यान त पटक्कै पुगेको छैन यता भैरहवाँ र भुमही बाईपास सडक खण्डमा पनि विभिन्न ठाउँमा बाटो भत्केका छन् जसको मर्मत सम्भारमा सडक बोर्डको पनि रवैया यस्तै छ ।

परासीबासी भन्छन् यदि नगरपालिकालाई यस काममा फाईदा हुने भएको भए यि फुटेका सडकहरुको मर्मत फटाफट गर्दथ्यो तर यसमा खासै फाईदा नहुने हुँदा नगरपालिका चुपलागेर बसेको आरोप लगाए । 

जिल्लाको सबैभन्दा पुरानो एवं सदरमुकाम समेत रहेको नगरपालिकाको विकास त पर जाओस् बाटोको दुर्दशा र अव्यस्थित बजारले नगरपालिका कुरुप बन्दै गएको छ । नगरमा पार्किङ्ग, फुतपाते पसल व्यवस्थापन, बसपार्क, सरसफाई, धुँवाधुलो, हिलो लगायतका समस्याहरु यस्तै छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ