असोज ९, काठमाडौ । व्यवस्थापिका संसदका दुई वटा समितिले बुढीगण्डकी जलबिद्युत आयोजना चिनिया कम्पनी गेजुवालाई दिने अघिल्लो सरकारको निर्णय तत्काल खारेज गर्न सरका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ९, काठमाडौ । व्यवस्थापिका संसदका दुई वटा समितिले बुढीगण्डकी जलबिद्युत आयोजना चिनिया कम्पनी गेजुवालाई दिने अघिल्लो सरकारको निर्णय तत्काल खारेज गर्न सरका"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुढीगण्डकी आयोजनाको निर्णय तत्काल खारेज गर्न सरकारलाई निर्देशन

२०७४, ९ आश्विन सोमबार ०९:३६


असोज ९, काठमाडौ । व्यवस्थापिका संसदका दुई वटा समितिले बुढीगण्डकी जलबिद्युत आयोजना चिनिया कम्पनी गेजुवालाई दिने अघिल्लो सरकारको निर्णय तत्काल खारेज गर्न सरकारलाई निर्देशन दिएका छन् । 

अघिल्लो काँग्रेस-माओवादी गठबन्धन सरकारका उर्जामन्त्री जनार्दन शर्माले बुढीगण्डकी आयोजना चिनिया कम्पनी गेजुवालाई निर्माण गर्न दिने निर्णय गरेका थिए । 

संसदको कृषि तथा जलस्रोत समिति र अर्थ समितिको सोमबारको बैठकले १२ सय मेगावाट क्षमताको सो आयोजना चिनिया कम्पनी गेजुवालाई दिने निर्णय खारेज गर्न निर्देशन दिएका हुन ।

ती दुई समितिका संयुक्त बैठकले बुढीगण्डकी जलबिद्युत आयोजना सम्बन्धमा मन्त्रिपरिषद, उर्जा मन्त्रालयबाट भएको निर्णय नेपालको प्रचलित नियम कानुन सम्बत नदेखिएको, सार्वजनिक खरिद ऐन उल्लंघन गरिएको, खुला प्रतिस्पर्धा नगराइएको र नेपालमा जलबिद्युत क्षेत्रमा असफल सावित चिनिया कम्पनी गजुवा समूहसँग हचुवाको भरमा समझदारी गरिएका कारण प्रक्रिया तत्काल खारेज गर्न निर्देशन दिने निर्णय गरेको हो ।

उर्जा राज्यमन्त्रीबाट बुढी गण्डकी जलबिद्युत आयोजना आफनै बजेटबाट बनाउन सकिने र अर्थमन्त्रालयबाट सो आयोजना सम्पन्न गर्न सक्ने गरी स्रोत व्यवस्थापन गर्न सकिने अभिव्यक्ति आएको पृष्ठभूमिमा नेपालले नेपाली जनताको सहभागिता र नेतृत्वमा यो आयोजना यथाशिघ्र निर्माण गर्ने गरी अघि बढाउन समितिले निर्देशन दिएको हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से