असोज १०, काठमाडौँ । पर्यटकीय मौसम शुरु भएसँगै होटलहरु भरिन थालेका छन् । कतिपय आन्तरिक पर्यटक दशैँ, तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १०, काठमाडौँ । पर्यटकीय मौसम शुरु भएसँगै होटलहरु भरिन थालेका छन् । कतिपय आन्तरिक पर्यटक दशैँ, तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका"/>

२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यो वर्ष दश लाख पर्यटक नेपाल आउने अनुमान

२०७४, १० आश्विन मंगलवार ११:३६


असोज १०, काठमाडौँ । पर्यटकीय मौसम शुरु भएसँगै होटलहरु भरिन थालेका छन् । कतिपय आन्तरिक पर्यटक दशैँ, तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका छन् । 

सफा र अनुकूल वातावरणले पदयात्रा र पर्वतीय गन्तव्य घुम्न बाह्य र आन्तरिक पर्यटक घरबाट निक्लिएका छन् । यो मौसममा हिमाल र प्राकृतिक सौन्र्दयको मज्जा लिन विदेशी पर्यटक उल्लेख्य मात्रामा आउने गरेको पाइन्छ । दशँैमा बिदा मनाउन निक्लेका आन्तरिक पर्यटकका कारण पनि मुख्य पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा चितवनलगायतका ठाउँका होटलहरु भरिन थालेका छन् । 

होटल एशोसिएशन अफ नेपाल ९हान०का अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन् । अघिल्लो वर्ष यही याममा यो दर ५० प्रतिशत मात्र थियो । 

यस याममा भारतीय र चिनियाँ पर्यटक बढी आउँछन् । दशैँपछि अष्ट्रेलिया, जापान, अमेरिकालगायत मुलुकबाट बढी पर्यटक आउने व्यवसायीहरु बताउँछन् । 

नेपालमा यतिखेर चाडपर्व भएकाले विदेशी नागरिकता लिएका धेरै नेपाली स्वेदश फर्किरहेका छन् । आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौँमा गैरआवासीय नेपाली संघको ‘ग्लोबल मिटिङ’ भएकाले धेरै प्रवासका नेपाली नेपाल आउने अनुमान गरिएको छ । 

हानका अनुसार देशभर साना ठूला गरी एक हजार २०० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालित छन् । अहिले नेपालका होटलमा करिब ४५ हजार शय्या छन् । नयाँ चार हजार शय्या थपिँदैछन् । 

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ९टान०का अध्यक्ष चन्द्र रिजालले पदयात्रा पर्यटनको महत्वपूर्ण पाटो भएकाले पदयात्री तथा संस्कृतिबारे जिज्ञासु धेरै पर्यटक नेपाल आउने गरेको बताउनुहुन्छ । 

पदयात्रा पर्यटनका लागि अक्टोबर र नोभेम्बर उपयुक्त समय हो । दशैँ, तिहारजस्ता पर्व पनि यसै बेला पर्ने भएकाले दशैँको संस्कृति बुझ्न कतिपय विदेशी पर्यटक आइरहेका हुन्छन् । त्यस्तै, माउन्टेन फ्लाइटका लागि पनि यो समय उपयुक्त मानिन्छ । 

टानका अनुसार पदयात्री पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा यो वर्ष ३० देखि ४० प्रतिशतले बढेको छ । अहिलेको मौसम हिमाल आरोहणका लागि पनि उपयुक्त मानिन्छ । पर्यटन विभागका अनुसार यतिखेर मनास्लु, अमादब्लम, धौलागिरिलगायतका हिमाल तथा शिखर आरोहण गर्न विदेशी पर्यटक आइरहेका छन् । 

विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार अहिले ८० भन्दा बढी आरोहण दल विभिन्न हिमाल तथा शिखर चढ्न आएका छन् । पर्वतारोहणका लागि आउने पर्यटकका कारण पनि अहिले चहलपहल बढेको छ । 

दश लाख पर्यटक पुग्ने अनुमान 

सन् २०१७ मा १० लाख पर्यटक भित्रिने व्यवसायीको प्रक्षेपण छ । होटल बुकिङ र पर्यटक आगमनलाई आकलन गर्दा १० लाख पर्यटक पुग्ने अवस्था रहेको हानका महासचिव विनायक शाह बताउनुहुन्छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । 

सरकारले सन् १९९८ लाई ‘भिजिट नेपाल’का रुपमा आयोजना गरेर १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । सन् २०१२ मा आठ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए । 

सन् २०१७ को पहिलो आठ महिनाको अवधिमा करिब आठ लाख पर्यटक आइसकेको अनुमान छ । सन् २०१६ मा साढे सात लाख विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । यो अनुपातलाई आधार मानेर नेपाल पर्यटन बोर्डले सन् २०१७ मा १० लाख पर्यटक नेपाल आउने अनुमान गरेको छ । 

“पर्यटकीय पूर्वाधारले साथ दियो भने १० लाख पर्यटक सहजै पुग्ने अनुमान व्यवसायीको छ, विमानस्थल र बाटोघाटो राम्रो भएको खण्डमा हामी लक्ष्यमा पुग्छौँ, यसमा सरकारले पूर्वाधारको क्षेत्रमा ध्यान दिनुपर्छ” – महासचिव शाहले भन्नुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी अनुकूल वातावरण भएको र निजी क्षेत्रले लगानी पनि बढाएकाले पर्यटक आगमनको अवस्था विगतमा भन्दा राम्रो रहेको बताउनुहुन्छ । सिवी अधिकारी/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ