असोज १०, काठमाडौँ । पर्यटकीय मौसम शुरु भएसँगै होटलहरु भरिन थालेका छन् । कतिपय आन्तरिक पर्यटक दशैँ, तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १०, काठमाडौँ । पर्यटकीय मौसम शुरु भएसँगै होटलहरु भरिन थालेका छन् । कतिपय आन्तरिक पर्यटक दशैँ, तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यो वर्ष दश लाख पर्यटक नेपाल आउने अनुमान

१० आश्विन २०७४, मंगलवार ११:३६


असोज १०, काठमाडौँ । पर्यटकीय मौसम शुरु भएसँगै होटलहरु भरिन थालेका छन् । कतिपय आन्तरिक पर्यटक दशैँ, तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका छन् । 

सफा र अनुकूल वातावरणले पदयात्रा र पर्वतीय गन्तव्य घुम्न बाह्य र आन्तरिक पर्यटक घरबाट निक्लिएका छन् । यो मौसममा हिमाल र प्राकृतिक सौन्र्दयको मज्जा लिन विदेशी पर्यटक उल्लेख्य मात्रामा आउने गरेको पाइन्छ । दशँैमा बिदा मनाउन निक्लेका आन्तरिक पर्यटकका कारण पनि मुख्य पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा चितवनलगायतका ठाउँका होटलहरु भरिन थालेका छन् । 

होटल एशोसिएशन अफ नेपाल ९हान०का अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन् । अघिल्लो वर्ष यही याममा यो दर ५० प्रतिशत मात्र थियो । 

यस याममा भारतीय र चिनियाँ पर्यटक बढी आउँछन् । दशैँपछि अष्ट्रेलिया, जापान, अमेरिकालगायत मुलुकबाट बढी पर्यटक आउने व्यवसायीहरु बताउँछन् । 

नेपालमा यतिखेर चाडपर्व भएकाले विदेशी नागरिकता लिएका धेरै नेपाली स्वेदश फर्किरहेका छन् । आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौँमा गैरआवासीय नेपाली संघको ‘ग्लोबल मिटिङ’ भएकाले धेरै प्रवासका नेपाली नेपाल आउने अनुमान गरिएको छ । 

हानका अनुसार देशभर साना ठूला गरी एक हजार २०० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालित छन् । अहिले नेपालका होटलमा करिब ४५ हजार शय्या छन् । नयाँ चार हजार शय्या थपिँदैछन् । 

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ९टान०का अध्यक्ष चन्द्र रिजालले पदयात्रा पर्यटनको महत्वपूर्ण पाटो भएकाले पदयात्री तथा संस्कृतिबारे जिज्ञासु धेरै पर्यटक नेपाल आउने गरेको बताउनुहुन्छ । 

पदयात्रा पर्यटनका लागि अक्टोबर र नोभेम्बर उपयुक्त समय हो । दशैँ, तिहारजस्ता पर्व पनि यसै बेला पर्ने भएकाले दशैँको संस्कृति बुझ्न कतिपय विदेशी पर्यटक आइरहेका हुन्छन् । त्यस्तै, माउन्टेन फ्लाइटका लागि पनि यो समय उपयुक्त मानिन्छ । 

टानका अनुसार पदयात्री पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा यो वर्ष ३० देखि ४० प्रतिशतले बढेको छ । अहिलेको मौसम हिमाल आरोहणका लागि पनि उपयुक्त मानिन्छ । पर्यटन विभागका अनुसार यतिखेर मनास्लु, अमादब्लम, धौलागिरिलगायतका हिमाल तथा शिखर आरोहण गर्न विदेशी पर्यटक आइरहेका छन् । 

विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार अहिले ८० भन्दा बढी आरोहण दल विभिन्न हिमाल तथा शिखर चढ्न आएका छन् । पर्वतारोहणका लागि आउने पर्यटकका कारण पनि अहिले चहलपहल बढेको छ । 

दश लाख पर्यटक पुग्ने अनुमान 

सन् २०१७ मा १० लाख पर्यटक भित्रिने व्यवसायीको प्रक्षेपण छ । होटल बुकिङ र पर्यटक आगमनलाई आकलन गर्दा १० लाख पर्यटक पुग्ने अवस्था रहेको हानका महासचिव विनायक शाह बताउनुहुन्छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । 

सरकारले सन् १९९८ लाई ‘भिजिट नेपाल’का रुपमा आयोजना गरेर १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । सन् २०१२ मा आठ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए । 

सन् २०१७ को पहिलो आठ महिनाको अवधिमा करिब आठ लाख पर्यटक आइसकेको अनुमान छ । सन् २०१६ मा साढे सात लाख विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । यो अनुपातलाई आधार मानेर नेपाल पर्यटन बोर्डले सन् २०१७ मा १० लाख पर्यटक नेपाल आउने अनुमान गरेको छ । 

“पर्यटकीय पूर्वाधारले साथ दियो भने १० लाख पर्यटक सहजै पुग्ने अनुमान व्यवसायीको छ, विमानस्थल र बाटोघाटो राम्रो भएको खण्डमा हामी लक्ष्यमा पुग्छौँ, यसमा सरकारले पूर्वाधारको क्षेत्रमा ध्यान दिनुपर्छ” – महासचिव शाहले भन्नुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी अनुकूल वातावरण भएको र निजी क्षेत्रले लगानी पनि बढाएकाले पर्यटक आगमनको अवस्था विगतमा भन्दा राम्रो रहेको बताउनुहुन्छ । सिवी अधिकारी/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ