२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङको दिक्तेलमा दशैको किनमेल गर्नेको चाप वढ्दो

२०७४, ११ आश्विन बुधबार ०२:१८

चिसाङ शेर्पा | असोज ११, खोटाङ | चाडपर्व नजिएकसंगै खोटाङको सदरमुकाम दिक्तेलमा किनमेल गर्ने सर्वसाधरणको चहलपहल अत्याधिक वढ्न थालेको छ । नेपालीहरुको महान चाड विजया दशमीका लागि किनमेल तथा आर्थिक कारोवार गर्न कपडा पसल, सुन पसल, बैंक, वित्तिय संस्था, बस टिकट काउण्टरमा मानिसहरुको वाक्लो भिड बढेको हो । 

दशैमा नयाँ कपडा, गरगहना तथा घरहरुमा रंगरोगन लगाउँन आवाश्यक सामाग्री किनमेलका लागि वालवालिका, युवायुवती, बृद्धबृद्धाहरुको दिक्तेलमा बाक्लो उपस्थिती भएको हो ।


टंक स्टोर दिक्तेलका प्रोपाईटर टंक प्रसाद आचार्यका अनुसार गतवर्षको तुलनामा यसवर्षको दशैमा ३० प्रतिशतले कपडा व्यापारमा बृद्धि भएको छ । २/३ दिन मौसमले व्यापारमा प्रभाव पारे पनी आईतवारयता सोचेभन्दा धेरै व्यापार भएको छ ।

सुन पसलहरुमा ग्राहकको वाक्लो भिड लागेका तथा गरगहना सन्तोषजनकरुपमा व्यापार, व्यवसाय भईरहेको शरद ज्वेलरी दिक्तेलका संञ्चालक सबु शंकले बताईन् । शंकरका अनुसार गतवर्षको तुलनामा यो वर्ष गरगहना विक्री वितरणमा सन्तुष्ट भएको बताए ।

दशैमा गरगहना, कपडा विक्री वितरणमा ग्राहकको संख्या वढेपनी ईलेक्ट्रोनिक्स सामग्री खरिदमा ग्राहक नभएको मनोज ईलेक्ट्रोनिक्स दिक्तेल रत्नपार्कका प्रोपाईटर मनोज राईले जानकारी दिनुभयो । नगरपालिका, गाउँपालिका कायम भएपछि व्यापार मन्द भएको उहाँको भनाई छ । 

नगरपालिका, गाउँपालिका कायम भएपछि गत साउनदेखी दिक्तेलमा चाडपर्वका अलवा व्यापार व्यवसाय खस्कदै गएको व्यापारीहरुको भनाई  छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो