२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीमा बन्ने भयो सुविधासम्पन्न होटल

२०७४, २१ आश्विन शनिबार १२:३३

असोज २१, नवलपरासी । नवलपरासीको नवलपुर क्षेत्रमा सुविधा सम्पन्न होटल निर्माण शुरु भएको छ । 

रु १४ करोडको लगानीमा चितवनका युवा होटल व्यवसायी सुरेन्द्र चौधरीले मध्यविन्दु नगरपालिका– ३ ब्रह्मस्थानमा सुविधा सम्पन्न होटलको निर्माण प्रक्रिया शुरु गरिएको छ । होटल ग्रीन भिल्ला’ प्राइभेट लिमिटेड नाम दिइएको उक्त होटल नारायणी नदी किनार क्षेत्रमा दशकठ्ठा साढे १७ धुर जग्गामा फैलिएको छ । 

होटल व्यवसायी चौधरीका अनुसार ३० वटा वतानुकूलित सुविधा सम्पन्न कोठा, ३ सय क्षमता भएको सेमिनार हल, एक सयजना क्षमता भएको रेष्टुरेण्टसहितको होटल निर्माण हुनेछ । होटलभित्रै स्वीमिङ पुल, फिट्नेस सेण्टर, सानो स्केलको सपिङ सेन्टर, थारु समुदायको परम्परागत खानाको व्यवस्थापन हुनेछ । 

यस्तै नारायणगढको पुलदेखि होटलसम्म दैनिक राफ्टिङको व्यवस्था, साइकिलिङ टुर, जिप सफारी, हात्ती सफारीलगायतको व्यवस्थापन गरिने हुँदा सोहीअनुसारको संरचना निर्माण भइरहेका छन् । 

होटल परिसरभित्रै मनि एक्सचेञ्ज काउण्टर, एटिएमको व्यवस्थापन हुनेगरी होटलको संरचना तयार भइरहेका छन् । पाँच महिनाभित्र होटलको सम्पूर्ण निर्माण काम सकेर होटल सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ । 

नवलपुरकै सबैभन्दा सुविधा सम्पन्न होटलको रुपमा सञ्चालनमा आउन लागेका यो होटलमा कम्तीमा ६० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

योसंगै पश्चिम चितवनको पटिहानीमा पनि सुविधा सम्पन्न होटल निर्माणको काम शुरु हुने तयारीमा छ । राप्ती नदी किनार नजिकै होटल निर्माणका लागि चार विगाहा एक कठ्ठा जग्गा खरिद भइसकेका छन् । करिब रु ६० करोडको लगानीमा यो होटल निर्माण गर्ने योजना छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा