
काठमाडौँ | लगातार बढिरहेको सुनको मूल्य बिहीबार झन् आकाशीयको छ । बिहीबार प्रतितोला सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढेको छ । बिहीबार स्थानीय बजारमा सुन प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार चाँदीको मूल्य प्रतितोला सात हजार ५०५ रुपैयाँ कायम भएको छ ।
बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको थियो । यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको थियो ।