असोज २८, सल्यान | नागरिकले सजिलै संग सूचना प्राप्त गरुन् भन्ने उद्देश्यले सल्यानको कपुरकोटमा सृजनशिल शाखा स्थापना गरिएको छ । र सृजनशिल शाखालाइ एक थान टेस्कटप कम्प्युटर पनि ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २८, सल्यान | नागरिकले सजिलै संग सूचना प्राप्त गरुन् भन्ने उद्देश्यले सल्यानको कपुरकोटमा सृजनशिल शाखा स्थापना गरिएको छ । र सृजनशिल शाखालाइ एक थान टेस्कटप कम्प्युटर पनि ह"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सल्यानमा सृजनशिल शाखा स्थापना

२८ आश्विन २०७४, शनिबार १३:३३

असोज २८, सल्यान | नागरिकले सजिलै संग सूचना प्राप्त गरुन् भन्ने उद्देश्यले सल्यानको कपुरकोटमा सृजनशिल शाखा स्थापना गरिएको छ । र सृजनशिल शाखालाइ एक थान टेस्कटप कम्प्युटर पनि हस्तान्तरण गरिएको छ ।

हरप्लेस सल्यानले स्थापना गरेको सृजनशिल शाखामा हरप्लेसका कार्यकारि निर्देशक टोप बहादुर खड्काले कम्युटर, टेबुल लगाएतका सामाग्री कपुरकोट गाउापालिका वडा नम्बर ३ का वडा अध्यक्ष मिन बहादुर सेनलाइ हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गर्दै उनले सृजनशिल शाखा स्थानीय सवालहरुमा छलफल गर्ने केन्द्र बन्नुपर्ने र यसैबाट विभिन्न क्षेत्रका समस्याको समाधान खोजिनुपर्ने बताए ।

यस्तै हरप्लेसका दिपेन्द्र शाहिले संचालन गरेको कार्यक्रममा प्रोजेक्ट म्यानेजर टेक रानाले सृजनशिल शाखामा जो कोहि नागरिक पनि गएर इन्टरनेटको माध्ययमबाट चाहिएको सूचना प्राप्त गर्न सक्ने भएकाले यसलाइ प्रवद्र्धन गर्न र प्रभावकारि बनाउन सबैको चासो रहनुपर्नेमा जोड दिएका थिए । सात वटा जिल्लामा काम गरिरहेको हरप्लेसले सल्यानको कपुरकोटमा मात्रै सृजनशिल शाखा स्थापना गरेको हो ।

सामग्री बुझ्दै वडा अध्यक्ष मिन बहादुर सेनले शाखालाइ प्रभावकारि बनाइने प्रतिवद्धता जनाए । कार्यक्रममा पत्रकार महासंघ सल्यानका सचिव शंकर के सी, वडा सचिव टुकाराम ओलि, गाउँ स्वास्थ्य कार्यालयका पुष्पजंग मल्ल, साना किसान सहकारि संस्थाका जित प्रसाद आचार्य लगाएतकाको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही