३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बग्गीमा चढेर सरर पोखरा घुम्न पाइने

२९ आश्विन २०७४, आईतवार ०५:३८

पोखरा, २९ असोज /पोखराको लेकसाइडमा बग्गी चढेर सरर घुम्मन पाइने भएको छ । पोखरामा आइतबार देखी बग्गी व्यवसाय सुरु भएको भएपछि पोखरा आउने पर्यटक बग्गीमा चढ्ने पाउने भएका हुन् । बग्गी एण्ड हर्स राईडिङ प्रालिले पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले पोखरामा बग्गी व्यवसाय सुरु गरेको हो ।

नेपालको मुख्य पर्यटकीय क्षेत्र पोखरामा आन्तरिक तथा बाह्यि पर्यटक प्रवद्र्धन गर्ने उद्धेश्यले व्यवसाय संचालनमा ल्याएको प्रालिका संचालक, युवा उद्यमी शान्त शर्माले बताए । भारतबाट अनुभवी घोडाको साथमा एउटा बग्गी र चालक समेत पोखरा आइ सकेको छ । विगत एक बर्ष देखि काठमाण्डौंको बासँबारीबाट बग्गीको व्यवसाय सुरु गरेका शर्माले पोखरामा पर्यटकहरुलाई लक्षित गरी उक्त व्यवसाय आईतबारबाट सुरु गरेका हुन् ।

पहिलो चरणमा भारतबाटै ३ वटा घोडा सहित एक बग्गीबाट पोखरामा बग्गी व्यवसाय सुरु गरेसंगै पोखरेली र पर्यटकहरुको माग अनुसार थप बग्गीको सेवा दिन तयार रहेको उनले जनाए । हाल उनले भारतबाट घोडाको साथमा अनुभवी बग्गी एक जना चालक समेत ल्याएका छन । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा बग्गीमा बसेर यात्रा गराउने गरी पहिलो चरणमा सेवा सुरु गर्ने उनले बताए ।


पर्यटकसंगै कुनै बिबाह वा व्रतवन्ध एवं शुभकार्यको लागि आवश्यक परेको खण्डमा पनि बग्गी प्रयोग गर्न सकिने बताएका संचालक शर्माले पोखरामा सोमबार नै एउटा बिवाहको लागि अग्रिम बुकिङ भएको बताए । एक दिनको बग्गी रिजर्वको लागि चालक सहित करिब ८० हजार शुल्क लाग्ने प्रालिले जनाएको छ । छोटो समय बग्गी सवार गर्नेलाई न्युनतम एक हजार शुल्क लिने गरी बग्गी सवारका विभिन्न प्याकेज ल्याउने शर्माले जनाए ।

नेपाल विजनेश एण्ड ईमिगे्रेसन फ्यासिलिटेड प्रालिको नामबाट विगत १७ बर्ष देखि विदेशी लगानीको लागि परामर्श दिदै आएका शर्माले नेपालमा बग्गी व्वसायको राम्रो सम्भावना देखेर काठमाण्डौं, पोखरा हुदै बुटवलमा समेत यो सेवा विस्तार गर्ने लक्ष्य राखेका छन । पोखरा विमानस्थलबाट देखि पोखराका होटलहरुमा पर्यटकहरुलाई पुराउन पनि उक्त बग्गी सेवा संचालन गरिने भएको शर्माले जनाए । प्रालिले काठमाण्डौं र पोखरामा बग्गी व्यवसाय संचालन गर्न करिब ४० लाख लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही