३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित

२९ आश्विन २०७४, आईतवार ०५:४७

असोज २९, पोखरा | (रासस) | लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी ८२४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । 

संघको ११औँ महाधिवेशनअन्तर्गत शनिबार निर्वाचन भई सम्पन्न मतपरिणामअनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी वसन्तमोहन भट्टराईले ३१७ मत प्राप्त गर्नुभएको थियो । 

वरिष्ठ उपाध्यक्षमा बलराम ढकाल, प्रथम उपाध्यक्षमा छत्रधर आत्रेय, द्वितीय उपाध्यक्षमा विनोदकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । 

त्यस्तै महासचिवमा भरतकुमार अधिकारी, उपमहासचिवमा गोपीचन्द्र बाँस्तोला, कोषाध्यक्षमा राजेन्द्र ओझा विजयी हुनुभएको छ । 

आठजना खुल्ला सदस्य पदमा १५ जनाबीच भएको प्रतिस्पर्धामा उपेन्द्रराज सुवेदी, रामजी पौडेल, मेनुका श्रेष्ठ, भरतराज ओझा, सरोजराज अधिकारी, भीमबहादुर नेपाली काइला, शिवप्रसाद भण्डारी र धीरजकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । दुई महिला सदस्यमा जानुका अधिकारी र राधा सापकोटा निर्वाचित हुनुभएको छ । 

संस्थागततर्फ शैलेन्द्रमोहन भट्टराई र एशोसिएटतर्फ प्रशान्तराज धमला यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । 

कार्यसमितिमा निर्वाचित अध्यक्षले तीनजना सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ । संघका नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । निर्वाचनमा कूल एक हजार १५७ मत खसेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही