
काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको १४ हजार ६ सयले बढेर तोलाको २ लाख ८८ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ७३ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४१५ रुपैयाँले बढेर ४९२० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४५०५ मा कारोबार भएको थियो ।