२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ब्याडमिन्टन कभर्डहल निर्माण अझै पुरा भएन

२०७४, १४ कार्तिक मंगलवार १०:३४

अजयकुमार साह/कात्तिक १४, उदयपुर । जिल्लामा ब्याडमिन्टन खेललाई व्यवस्थि गर्न नौ महिना अगाडि निर्माण थालिएको कभर्डहलको काम अझै पुरा हुन सकेको छैन् ।  

खेलकुद परिषद्का सदस्य सचिव केशब विष्टले नौ महिना अगाडी सार्वजनिक रुपमै प्रतिबद्धता जनाई ३० लाख बजेट छुट्याएर कभर्डहलको निर्माण कार्य शुरु गरिएको जिल्ला ब्याडमिन्टन संघ उदयपुरका अध्यक्ष राजेश कार्कीले बताए ।  

अध्यक्ष कार्कीका अनुसार संघ र जिल्ला खेलकुद विकास समितिको पहलमा निर्माण शुरु गरिएको व्याड्मिन्टन कवर्डहलको कूल लागत ३० लाख मध्ये तत्काल १० लाख उपलब्ध गराई बाँकी रकम क्रमिकरुपले उपलब्ध गराई छ महिनाभित्रमा निर्माण पुरा गर्ने सदस्य सचिव विष्टले बचन दिएको भएतापनि सो प्रक्रिया पुरा हुन सकेको छैन । 

हाल बल्लतल्ल पाँच लाख रुपैया विनियोजन भई आँशिक रुपमा ट्रष्ट जडानको कार्य शुरु गरिएको छ ।  बजेटको लागि पटक पटक पहल गर्दा पनि बोले अनुरुप बजेट पाउन नसक्दा निर्माण अधुरो भएको भएको निर्माण समितिका अध्यक्ष कार्कीले बताए । 

जिल्ला खेलकुद विकास समितिको भवन सँगै निर्माणाधिन अवस्थामा रहेको ब्याडमिन्टन कभर्डहल । तस्विर: अजयकुमार साह(साझा सबाल)

हालसम्मको निर्माण कार्यको प्रगति हेर्दा कवर्डहलको केही फिट इटा पर्खाल लगाएर टिनले बार्नेगरी ट्रष्ट्र उठाइएको छ, उनले बताए । त्यस्तै टिनकै छानो लगाउने गरी ट्रष्ट्र जोडिएको छ । त्यस बाहेकका अन्य कामहरु बजेट अभावले अधुरै रहेको कार्कीले बताए । कभर्डहल निर्माणका लागि बजेट लागत बढ्न सक्ने देखिएको उनले बताए ।

यता सदस्य सचिव विष्टले व्याड्मिन्टन कवर्डहलका निम्ति भुइ ढलान बाहेकका कामका लागि थप १५ लाख रुपैंया बजेट बिनियोजन गर्न पहल गरेको बताएकाछन् । तर चुनाव लागीसकेकाले चुनावपछि मात्र बजेट उपलब्ध गराइने उनले बताए । 

जिल्ला खेलकाद विकास समिति उदयपुरका अध्यक्ष पुष्प विकले केन्द्रबाट बजेट पठाउने कुरा आएको तर कहिले र के कति पठाउने हो भन्ने बारेमा भने आधिकारिक जानकारी नआइसकेको बताए । 

ब्याडमिन्टन खेलका लागि जिल्लामा मासिक रुपमा दुई देखि तिन वटा सम्म प्रतियोगिताहरुको आयोजना हुँदा पनि व्यवस्थित रुपमा कभर्ड हल नभएको कारण खेलहरु प्रभावित हुने गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिकले बताए । 


  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै